Jilla Ban Notis

रामग्राम नगरपालिका र रेडक्रसद्धारा कैदीबन्दीहरुलाई सरसफाई सामाग्री सहयोग ।

0 33

गौरीशंकर जयसवाल
परासी १४ बैशाख

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले कैदीबन्दीलाई सरसफाई सामाग्री र रामग्राम नगरपालिकाले सेनेटाईजर हस्तान्तरण गरेको छ । आज जिल्ला सभापति राजेन्द्र अग्रहरी र रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले सयुंक्त रुपमा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल मार्फत परासी जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई हस्तान्तरण गरिएको हो ।
कोरोना भाईरस संक्रमाण हुन नदिनको र त्यसबाट बाच्नको लागि उदेश्यले कैदीबन्दीहरुलाई समाग्री हस्तान्तरण गरिएको रेडक्रस सोसाईटीका सभापति राजेन्द्र अग्रहरीले बताए ।उनको अनुसार रेडक्रस सोसाईटीले एक सय पचास पिस लाईबोय साबुन परासी जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई लक्षित गरी हस्तारन्तरण गरिएको अग्रहरी जानकारी दिए ।
यस्तै रामग्राम नगरपालिकाले आधा लिटर आठ बोतल गरी ४ लिटर सेनेटाईजर कारागारमा रहेका कैदीबन्दीहरुलाई हस्तान्तरण गरिएको नगरप्रमुख गुप्ताले जानकारी दिए । उनले भने आवश्यकता अनुसार कैदीबन्दीहरुलाई थप स्वास्थ्य सामाग्री र सरसफाई सामाग्री उपलब्ध गराउने बताए ।हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समीतीका प्रमुख शिवशंकर राय लगायतको सहभागिता रहेको थियो । जिल्ला कारागारमा परासीमा हालसम्म चार सय कैदीबन्दी रहेको कारागार नवलपरासीले जानएको छ ।

Leave A Reply

Your email address will not be published.