Jilla Ban Notis

रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा पीसीआर बिधिबाट स्वाब परीक्षण ।

0 20

गौरीशंकर जयसवाल
परासी १८ बैशाख

रामग्राम नगरपालिका परासी आर्दश माविको क्यारेनटाईनमा बसेका सबैजनामा तथा पाल्हीनन्दन गाउँपालिकाको पाल्ही प्रथामिक स्वास्थ्य केन्द्रमा रहेको क्वारेटाईनमा सबेका व्यक्तिहरुको पीसीआर विधिबाट उनीहरुको कोरोना संक्रमण स्वाब परीक्षण गरिएको छ ।  रामग्राम नगरपालीकाको पहल तथा पाल्हीनन्दनको पहल र स्वास्थ्य कार्यालयको टोलीले परासी स्थित आर्दश माबिको क्यारेनटाईनमा बसेका सबै र पाल्ही स्वास्थ्य प्रथामिक केन्द्रको सबै जानको पीसीआर परीक्षण गरिएको हो । उनीहरु कोरोना संकक्रमाण पीसीआर बिधीबाट स्वाब परीक्षण गरी नमुना संकलन गरि काठमाण्डौ पठाईएको रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।
२५ जना स्वाब परीक्षण नमुना संकलन गरी काठमाण्डौ पु¥याउने कार्यमा नगरपालीकाले सवारी साधनको ब्यवस्थापन गरेको रामग्राम नगरपालीकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए । रामग्राम नगरपालीकाले अहिले क्यरेन्टाईनमा रहेको र यस अगाबै क्यारेन्टाईनमा १४ दिनको बसाई पछि घरफर्किएका सबै जनाको समेत स्वाबको नमुना संकलन गरि काठमाण्डौ पठाउने जनाएको छ ।
यस्तै पाल्हीनन्दन गाउँपलिकामा पाल्ही स्वास्थ्य प्रथामिक केन्द्रको क्वारेन्टाईनमा १२ जना स्वास्थ्यकर्मी जनप्रतिनिधी र कर्मचारीहरुको पीसिआर स्वाब परीक्षण नमुना गरी संकलन गरी काठमाण्डौको टेकु आस्पताल पठाउने गाउँपािलका अध्यक्ष बैजुप्रसाद गुप्ताले जानकारी दिए । यसको रिर्पोट आउन दुई तिन दिन लाग्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.