Jilla Ban Notis

रामग्राम नगरपालिका मेयर गुप्ताले चढदै आएको गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिए

0 38

गौरीशंकर जयसवाल
परासी , ३१ वैशाख
रामग्राम नगरपालिका मेयर नरेन्द्र कुमार गुप्ताले आफुले चढदै आएको गाडि एम्बुलेन्स रूपमा प्रयोग गर्न दिएका छन । जिल्लामा हाल सम्म भएका एम्बुलेन्सका चालकहरूले सजिलै रूपमा कोरोना सक्रमित बिरामीहरूलाई बोक्न नमानेपछि नगरप्रमुखले आाफुले चढदै आएका गाडि एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिएका हुन ।
एम्बुलेन्सको कारणले गर्दा ज्यान गईरहेकोले आमनगरिक ज्यान जोगाउनको लागि आफुले चढेको गाडि एम्बुलेन्समा प्रयोगमा ल्याएको मेयर गुप्ताले बताए । मेयरले आफू चढेको लु१ झ ४७३ स्कार्पियो गाडिलाई कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्स प्रयोग ल्याएको मेयर नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।
उनले आफुले चढेको गाडि कोरोना संक्रमित बिरामि बोक्ने एम्बुलेन्स प्रयोगम ल्याएपछि मेयर गुप्ताले आफनो व्यत्तिगत गाडिमा दैनिक जनताको सेवा र दैनिक कार्यमा निस्कन थालेका छन ।
उनले भने अहिलेको परिस्थितिमा नगरिकले एम्बुलेन्स नपाएर घरमै छटपटईरहदा हामी गाडि चढेर हिड्न नसुहाउँने बताउदै नागरिकको करबाट खरिद गरिएको सरकारी गाडि नगरिककै लागि प्रयोगमा ल्याएको गुप्ताको भनाई छ ।
उक्त गाडि एम्बुलेन्स सेवाको रूपमा संचालन गरेपछि कोभिड१९ बाट संक्रमित भएका बिरामीहरूलाई बोक्न थालेको रामग्राम वडान ४ का वडाअध्यक्ष मदन यादवले बताए ।


उक्त एम्बुलेन्स नगरभित्र कोरोना संक्रमितका बिरामिहरूलाई घरबाट आसोलेसन सेन्टर र आवश्यकता अनुसार आस्पताल लैजानेको लागि प्रयोगमा कार्यमा व्यावस्था मिलाईएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थिले जानकारी दिए ।
उनको अनुसार उक्त गाडीको सिटमा अक्सिजन सहितको व्यवस्थापन गरि एम्बुलेन्सका रुपमा संचालनमा ल्याईएको पन्थिले बताए ।रामग्राम नगरपालिकाले बीस बेडको आईसोलेसन संचालन गरेपनि जसमध्ये दशबेडको अक्सिजन सहितको आईसोलेशसन सेन्टर संचालन गरेको छ ।
अहिले आईसोलेसनमा २ जना कोरोना संक्रमित बिरामि रहेको जसमध्ये एक जना शिरिएस भएपछि नगरपालिकाले स्कार्पिय गाडिलाई एम्बुलेन्स बिरामिलाई को पृथ्वी चन्द्र आस्पतालमा रिफर गरिएको रामग्राम नगरपालिका कोरोना फोर्कल प्रसन सुरज हरिजनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.