Jilla Ban Notis

रामग्राम नगरपालिकाले बितरण गरेको राहत खाद्यान्न सामाग्री गुणस्तरहीन भेटियो ।

छानविन समिति गठन

0 27

गौरीशंकर जयसवाल

परासी २८ चैत
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले बितरण गरेको राहत सामाग्री गुणस्तरहीन भएको पाईएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गर्न लागी गरिएको लकडाउन का कारण नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न वर्ग घरधुरीलाई वडा मार्फत बितरण गरेको खाद्यान्न सामाग्राी गुणस्तरहीन भएको पाईएको हो । रामग्राम नगरपालिकाले दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न वर्ग घरधुरीलाई बितरण गरेको खाद्यान्न समागा्रीमा चमल कुहिएको सोयबिनमा किरा भेटिएको छ । नगर क्षेत्रमा उपलब्ध गराइएको खाद्यान्न अन्तरगत चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेट अगाडी लगेर छरेका हुन्। उपलब्ध गराइएको खाद्यान्नको तौलसमेत कमी रहेको उनीहरुले बताएका छन्।नगरपालिकाले पहिलो चरणमा १ देखी १३ वडामा वडामार्फत राहत सामाग्रीमा बितरण गरेको चमलमा कुहिएको सोयबिनमा कीरा भेटिएको रामग्राम नगरपालिकाको वडानं ६ का स्थानियबासी सोहन केवाटले बताए । उनले भने नगरपालिकाले दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न वर्गहरुलाई १० किलो चमल दिने भने पनि तौल गर्दा नौ किलो मात्र भएको जानकारी दिए । यसरी दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न वर्गहरुको रामग्राम नगरपालिकाले खिल्ली उठाएको केवाटले बताए । चमलमा तीन प्रकारको चामल मिसावट गरिएको भेटिएको छ । जस्मा मोटा मिसिनो खुदी चामलमा मिसावटगरिएको र चामलमा कुहिएको सोयबिन किरा भेटिएको स्थानियबासी सुरेन्द्र कोहारले बताए । रामग्राम नगरपालिकाले बितरण गरेको राहत सामाग्रीमा चामलमा कुहिएको सोयबिन किरा भेटिएको पछि वडानं ६का स्थानियबासीहरु राहत सामाग्री वडानं ६का वडाअध्यक्ष जितेन्द्र आग्रहरीको घरमा पाएको राहत समागा्री ल्याएर फालेर गएका छन ।
रामग्राम नगरपालिकाको नगरकार्यपालिकाले रामग्राम वडानं ६ स्थित रहेको राजेश राईस मिलबाट चमल र सोयाबिन स्थानिय एक पसलबाट खरिद गरि राहत बितरण गरेको थियो । उक्त राईस मिलबाट किलोकोे ४० रुपैयाँको दरले नगरपालिकाले खरिद गरेको चमालमा अहिले बजारमा ३० र २५ रुपैयाँ पर्ने चामल एक व्यापारीले बताए ।यस्तै वडानं १ देखी १३का स्थानियबासीहरुले चामलमा कुहिएको सोयबिन किरा भेटिएको बताएका छन । उनीहरुपनि सम्बन्धित वडाअध्यक्षमार्फत राहत सामाग्राी फिर्ता गरेका छन । यता सबै वडाहरुबाट बिरोद्ध आएपछि राहत समागा्री बितरणमा अहिले नगरपालिकाले रोक लागएको छ ।रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले रामग्राम नगरपालिकाको वडानं ६ मा रहेको राईस मिलका प्रोपाईटर पटवारी बनियाले चामलमा मिसावट गरेको पाईएको बताए । उनले भने उक्त राईस मिलबाट खरिद गरेको चमल सबै फिर्ता गरेर अर्को राम्रो फेस चमल ल्याएर राहत बितरण कार्य अगाडि बढाईने बताए । फिर्ता भएको खाद्यान्न समागा्रीको गुणस्तर नापजाच गरी मात्र नगरपालिकाले राहत सामाग्री बितरण गर्ने बताए ।
उता रामग्राम नगरपालिकाले वितरण गरेको राहत गुणस्तरहीन भएकोे गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासीले ५ सदस्यीय गुणस्तर र नाप तौल का वारेमा वुझन समिति गठन गरेको छ । प्रशासकीय अधिकृत सागर गौतमको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा घरेलु तथा साना उद्योगका प्रमुख, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधि रहेका छन्। सेम्पल लिएर चामल र सोयाविनको गुणस्तर मापन गर्न भैरहवा पठाउने प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.