Jilla Ban Notis

रामग्राम नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी गर्दै ।

0 30

गौरीशंकर जयसवाल

परासी ६ बैेशाख
रामग्राम नगरपालिका बालमैत्री स्थानिय शासन युक्त नगर घोषणा पश्चात दिगोपनको रणनिती योजना तर्फ लागेको छ ।रामग्राम नगरपालिकाले बालमैत्री स्थानिय शासन युक्त नगर घोषण पश्चत दिगोपनको रणनिती योजना गोष्ठी आज परासीमा सम्पन्न गरेको हो ।
गोष्ठीमा रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बालमैत्री स्थानिय शासन युक्त नगर घोषणा गर्न अब नगरले सबै सुचक पुरा गरी अन्तिम चरणमा पुगेको बताउनु भयो । त्यसको लागि जिल्ला स्तरीय अनुगमनको तयारी रहेको बताउदै जिल्ला स्तरीय अनुगमन समितीले प्रतिबेदन नगरपालिकालाई बुझाएपछि नगरले बैशाख १५ गते बालमैत्री नगर घोषण गर्ने बताउनु भएको छ ।
अहांले बालमैत्री स्थानिय शासन युक्त नगर घोषण पश्चत दिगोपनको लागि र छुटेकालाई पनि मुलधारमा ल्याउनको लागि दिगोपनको रणनिती योजना तयार पारीएको नगर प्रमुखले बताउनु भएको थियो । उहांले दिगोपन दिनको लागि पाँच बर्षे रणनिती योजना बनाउन लगेको बताउनु भयो ।

बालमैत्री स्थानिय शासन युक्त नगर घोषण पश्चत दिगोपनको रणनिती योजनाको कार्यपत्र प्रस्तुत गदै बालमैत्री सहजकर्ता सर्मिला पौडेलले दिगोपनाको लागि सामाजिक परिचलक स्वमसेबक ,बालमैत्री तथा पूवार्धार ,प्राबिधी शिक्षा,बाल बिवाह न्यूिनकारण गर्न कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहांका अनुसार बालबालीका सहभागिता २७ वटा सबाल बिकास र बाल संरक्षणमा ६ वटा सुचक रहेको जानकारी गराउदै संरक्षण बिकासमा १२ वटा सुचक रहेको बताउनु भएको थियो।

रणनीतिक योजनमा बाल उद्याम बिकास केन्द्र बनाउन र १०२ बालक्लबहरु रहने बताउदै बालमैत्री स्थानिय शासन युक्त नगर घोषण पश्चत दिगोपनको दिनको लागि पर्ने बजेट निती पाँच बर्षको लागि रणनीतीक योजनामा २ करोड ३१ लाख ३० हजार बजेट लाग्ने पौडेलले जानकारी दिनु भयो ।

गोष्ठीमा रामग्राम नगरपालिकाका नगर उपप्रमुख रम्भा कुवँर ,नगरका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थी,वडाअध्यक्ष,कार्यपालिका सदस्य ,सञ्चारकर्मी र रामग्रामका बिषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको मैत्रीसमाजका प्रमुख राकेश गुप्ताले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.