Jilla Ban Notis

रामग्राम नगरपालिकाले दियो १० लाख पृथ्वीचन्द्र अस्पताललाई एचडीयु सेवा संचालन गर्न

0 25

गौरीशकर जयसवाल
परासी, २ जेठ

पृथ्वीचन्द्र अस्पतालमा एचडियू सेवा संचालनका लागि रामग्राम नगरपालिकाले १० लाख रुपैयाँ चेक हस्तान्तरण गरेको छ । जिल्लाको पृथ्वीचन्द्र अस्पतालले बनाउन लागेको १० बेडको हाई डिपेन्डेन्सी अक्सिजन युनिट एचडियू माआवश्यक स्वास्थ्य सामाग्री खरिदका लागि नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले पृथ्वी चन्द्र आस्पताल बिकास समितिका अध्यक्ष जगदिश चौधरीलाई १० लाख रुपैया चेक सहयोग गरेका हुन ।

आस्पतालमा एचडियू छिटोछरितो संचालनमा ल्याउनको सेवा लागि दस लाखको चेक हस्तान्तरण गरेको बताउदै नगर प्रमुख गुप्ताले आगामी दिनमा थप सहयोग गदै जाने बताए। पृथ्वीचन्द्र अस्पतालमै एचडीयु सेवा संचालनका लागि नगरपालिकाले पनि हातेमालो गर्दै पहिलो चरणमा १० लाख रुपैया सहयोग गरेको र अस्पतालमा जनशक्तिको अभाव रहेकाले ४ जना नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई पनि अस्पतालमा उपचार सेवा प्रदान खटाइएको नगर प्रमुख गुप्ताले जानकारी दिए ।
नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को संक्रमणबाट जिल्लाबासीहरु सन्क्रमित भै आईसियु, एचडीयु र अक्सिजन सहितको बेड नपाएर अकालमा मृत्यु भैरहेकोले जिल्लामै सो स्तरका उपचार सेवा प्रदान गर्न अस्पतालले डाक्टरको निगरानीमा १० बेड एच्डियु संचालनमा ल्याउन लागेको छ ।

अस्पतालले आफ्नो पुरानो भवनमा १० बेडको एच्डियु सेवा संचालनको प्रारम्भीका कार्यहरु पनि अगाडी बढाईसकेको आस्पताल बिकास समितिका अध्यक्ष जगदिश चौधरीले जानकारी दिए ।
उनको अनुसार लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले एचडियू संचालनको लागि ६० लाख र कोभिड ब्यवस्थापनको लागि १० लाख गरि कुल ७० लाख रुपैया पठाएको जानकारी दिदै नगरपालिकाको यो १० लाख आर्थिक सहयोगले अस्पताललाई एचडियू संचालनमा ठूलो सहयोग पुग्ने र थप आर्थिक सहयोगको खाँचो समेत रहेको बताए ।
अस्पतालमा एचडीयु सेवा संचालन भएपछि कोभिडका गम्भीर विरामीहरुलाई पनि यही उपचार सेवा प्रदान गर्न सकिने र जिल्लामा मृत्युदर पनि घट्ने अध्यक्ष चौधरीको भनाई थियो ।
अस्पतालमा एचडियुका लागि आवश्यक पर्ने बेड, मोनिटर, अक्सिजन लगायतका स्वास्थ्य उपकरण र समाग्रीहरु खरिद गर्न सप्लायलाई सम्पर्क गरि प्रकृया अगाडी बढाइसकिएको र एचडीयु सेवा सुचारु हुने भवनमा आवस्यक ब्यवस्थापनको कार्यहरू पनि अगाडि बढि सकेको अस्पतालले जनाएको छ ।
रामग्राम नगरपालिका मेयर चढदै आएका लु१ झ ४७३ स्कार्पियो गाडिलाई कोरोना सक्रमित बिरामि बोक्ने एम्बुलेन्समा प्रयोग हुदै आएको छ ।
नगरपालिकाले पाल्हीबहुमुखी क्याम्पसमा स्वास्थ्यकर्मीहरुको निगरानीमा अक्सिजन सहित २० बेडको आईसोलेशन पनि संचालन गरि सेवा प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ ।
चेक हस्तान्त्रणको अनौपचारिक कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थी, वडा ५ का अध्यक्ष विनोद कुँवर, कार्यपालिका सदस्य रोशन शाह, उमाशंकर श्रीवास्तव, समाजेवी बुद्धन अलि लगायतले पृथ्वीचन्द्र अस्पताल जिल्लाकै अस्पताल भएकाले यसको व्यवस्थापनमा अरु पालिकाहरुले पनि सहयोग गर्न आवश्यक देखिएको बताए ।

Leave A Reply

Your email address will not be published.