Jilla Ban Notis

रामग्राम नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम संचालन

0 54

परासी, ३० असोज
नवलपरासीको रामग्राम नगरपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम संचालनमा आएको छ । शहरी विकास मन्त्रालयले देशभरकै स्थानिय तहमा असुरक्षित रुपमा बसोबास गर्दै आएका गरिब तथा विपन्न घरपरिवारको असुरक्षित घरलाई व्यस्थित बनाउन उक्त कार्यक्रम संचालनमा ल्याएको छ । यस कार्यक्रममा स्थानिय तहहरुले आफनो नगर/गाउँपालिका भित्र रहेको खर, फुस, पराल, टाटी र खपडा लगायतका घरहरुलाई व्यस्थित सुरक्षित गर्न योे कार्यक्रम संचालन भैरहेको छ ।

यस कार्यक्रमलाई रामग्राम नगरपालिकाले आफनो नगरमा कार्यान्वय गराउन आफनो १८ वटै वडाहरुमा लाभग्राही विवरण संकलन कार्यमा जुटेको छ । नगरपालिका भित्र असुरक्षित रुपमा बसोबास गर्दै आएको गरिब तथा विपन्न वर्गहरु, सुरक्षित बसोबास गरुन भनि व्यस्थित घर बनाउन उनीहरुलाई यस कार्यक्रमको अनुदान मार्फत करिब ५० हजार रुपैया अनुदान दिईने छ जसबाट लाभग्राहीले जस्तापाता, काठ, पाईप र अन्य निर्माण सामाग्री खरिद गर्न सक्ने नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो ।

नगर प्रमुख गुप्ताका अनुसार नगरपालिका भित्र रहेको छाना, पराल, खर, स्याउला, टाटीको घर जुन हावापानी र आगोबाट सहजै प्रभावित हुन सक्छ त्यस्तो घरधुरीलाई उक्त अनुदान दिईने छ । सुरक्षित नागरिक आवासमा लाभग्राही छनौटका लागि केहि मापदण्ड पनि बनाइएको छ जसमा त्यस्ता गरिब तथा विपन्न वर्गहरु पर्छन जो संग व्यस्थित घर बनाउन पैसा र सम्पत्ती छैन त्यो असुरक्षित बसोबास गर्दै आएको छ । यसमा बृद्ध, एक महिला, अनाथ बालबालिका तथा अपाङ्गता भएका घरमुलीलाई प्राथमिकता दिईने नगर प्रमुख गुप्ताले जानकारी दिनु भयो ।

लाभग्राही छनौटमा गरिबी रेखामुनी पर्ने र छाना, पराल, खर, स्याउला, टाटीको असुरक्षित घरमुली हुनु पर्ने मापदण्ड रहेको छ । यस कार्यक्रममा ढलान र जस्तापाताले छाएको छानो भएको आवास धनीले यो अनुदान पाउने छैन । सुरक्षित आवासका लागि जस्तापाता छानो वा पक्कि घर बनाउने लाभग्राहीले सर–सामान आफै खरिद गर्ने, मिस्त्री र लेबरको ज्याला समेत आफै व्यहोर्नु पर्ने मापदण्ड रहेको छ ।

योशहरी विकास मन्त्रालयको अनुदान सघन शहरी तथा भवन निर्माण आयोजना मार्फत नगरपालिकालाई उक्त अनुदान रकम हस्तान्त्रण हुने छ । लाभग्राहीले घर बनाउदा पहिलो किस्ता ६० प्रतिशत र दोश्रो किस्ता ४० प्रतिशत प्राप्त गर्ने नगरपालिकाका ईन्जिनियर सतिस गुप्ताले जानकारी दिनु भयो । स्थानिय तहको सिफारिसको आधारमा सुरक्षित नागरिक आवास समन्वय समितिले लाभग्राही छनौट गर्ने छ ।

त्यस्तै रामग्राम नगरपालिकाले आफनो नगरलाई छानो मुक्त नगर बनाउने अभियान पनि संचालन गरेको छ । नगरपालिका भित्र रहेका छानाका घरहरुलाई व्यस्थित गर्दै नगरलाई छानो मुक्त नगर बनाउने कार्यमा तिब्रता दिइएको छ । नगरपालिकाले नगरलाई छानो मुक्त नगर बनाउ ५० लाख रुपैया बिनियोज समेत गरेको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भयो ।

उहाँका अनुसार नगरपालिका भित्र गरिब तथा विपन्न घरपरिवारलाई सुरक्षित बसोबास गराउने उद्देश्यले उनीहरुको विवरण संकलन गरि छानोको घरलाई व्यस्थित गर्दै छानो मुक्त नगर बनाउने नगरपालिका योजना रहेको बताउनु भयो । नगरपालिकाले नगरका १८ वटै वडाहरुमा यस्तो घरधुरीहरुको संख्या विवरण संकलन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.