Jilla Ban Notis

रामग्राम नगरपालिकामा जेष्ठ नागरिकसंग मेयर कार्यक्रम सुरु

0 29

गौरीशंकर जयसवाल

परासी २९ माघ
नवलपरासीमा रामग्राम नगरपालिकाले जेष्ठ नागरिकसंग मेयर कार्यक्रम सुरु गरेका्े छ । रामग्राम नगरपालिकाको वडानं १४ अइचवलबाट आजदेखी जेष्ठ नागरिकसंग मेयर कार्यक्रम शुरु गरेको हो । वडानं १४ बस्ने ७५ बार्षिय टिमल चमारको घरमा पुगी रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ता र स्वास्थ्यकर्मीहरुर्ले उनको स्वास्थ्य परीक्षण गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।

कार्यक्रमको सुरुवात गदै जेष्ठ नागरीकहरुलाई प्रत्यक्षरुपमा सम्वोधन गर्न नसकिने भएका कारणले नगरपालिकाले जेष्ठ नागरीकसंग मेयर कार्यक्रम ल््याएको नगर प्रमुख गुप्ताले बताउनु भयो । उहांले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले ‘ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम सुरुवात गरिएको बताउनु भयो ।

यस कार्यक्रमअन्तर्गत नगरका ६५ वर्षदेखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई आधारभूत तहको स्वास्थ्य सुविधा घरमै उपलब्ध गराइने गुप्ताले बताउनु भयो ।

त्यसैगरी ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको एकपटक स्वास्थ्यकर्मीले उनीहरुको घरमै पुगेर आधारभूत तहको स्वास्थ्य सेवा दिने दीर्घरोगीलाई आवश्यक परामर्श दिने जटिल प्रकारको बिरामी भेटिएमा जिल्ला अस्पतालमा सेवा दिन सिफारिसका दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताउनु भयो।

एक वडामा नं ३ जानका दरले स्वास्थ्यकर्मीहरु परिचालन गरिएको स्वास्थ्य शाखाका बलराम सापकोटाले बताउनु भयो । एक हजार ४५७ पुरुष र एक हजार ३५० महिला गरी दुई हजार ८०७ जना ६५ देखि ८४ वर्षभित्रका ज्येष्ठ नागरिक रामग्राम नगरपालिकाभित्र रहेको सापकोटाले जानकारी दिनु भयो ।उनको अनुसार आजै मात्र तिन जान जेष्ठ नागरिकलाई सेवा दिईएको सापकोटाले बताउनु भएको छ ।

घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध सगै ज्येष्ठ नागरिकलाई ३८ प्रकारका निःशुल्क औषधि उपलब्ध समेत गराउने नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिल खड्काले जानकारी दिए । ज्येष्ठ नागरिकका लागि घरमै दिइने सेवामा उच्च रक्तचाप, दम, फल्स, तापक्रम, मधुमेह, पिसाब जाँच, खाकर संकलन गरी परीक्षण क्षयरोग, कुष्ठरोग, औँलो तथा स्वास्थ्य सेवा दिने बताए ।

Leave A Reply

Your email address will not be published.