Jilla Ban Notis

रामग्राम नगरपालिकाद्वारा कारागारका कैदीबन्दीहरुलाइ स्वास्थ्य सामाग्री बितरण

0 31

गौरीशंकर जयसवाल
परासी ३ जेठ
रामग्राम नगरपालिकाले कैन्दिबन्दीलाई मास्क र सेनेटाईजर बितरण गरेको छ ।रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जिल्ला कारागार पश्चिम नवलपरासीका निमित्त जेलर ईश्वरी आचर्य मार्फत कैदीबन्दिहरूलाई मास्क र सेनेटाईजर बितरण गरेका हुन ।
नयाँ भेरियन्ट सहितको कोभिड(१९ को बढ्दो संक्रमणबाट कैदीबन्दीहरुलाई पनि सुरक्षित राख्ने उद्देश्यले मास्क र सेनिटाइजर लगायतका स्वास्थ सामग्री बितरण गरिएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

यस्तो विषम परिस्थितिमा आमनागरिकहरुलाइ कोभिड१९ बाट बचाउन र सन्क्रमितलाइ उपचार सेवा प्रदान गर्न विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले सहयोग गरिरहेका छन तर जिल्ला कारगारका कैदीबन्दीलाइ सुरक्षित राख्न बाहिरी संघ संस्थाहरुबाट सहयोग हुन नसकेको बेला कैदीबन्दीलाइ ध्यानमा राखि नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले ती स्वास्थ्य सामाग्री कारगारमा बितरण गरेको गुप्ताले बताए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख रम्भा कुँवरले कारगारमा रहेका कैदीबन्दीहरुको मनोबल उच्च राखन स्वास्थ्य सामग्री, आवश्यक औषधि र टेस्ट, बिरामीलाई उपचारका लागि एम्बुलेन्स समेतको सहयोगमा नगरपालिकाले सधै भरि सहयोग गर्ने बताईन ।

उप प्रमुख कुँवरले कोभिड १९ रोकथामका लागि खटिने स्वास्थ्यकर्मी, प्रहरी प्रशासन र कर्मचारीहरुलाइ विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले सहयोग गर्दै आएपनी कैदीबन्दीहरु पनि यसै देशको नागरिक हुन उनिहरुलाइ पनि कोभिड बाट बचाउन र मनोबल बढाउन हामीले उल्लेखनीय भुमिका खेल्नु पर्ने उनको भनाई थियो ।

सामाग्री बुझ्दै निमित्त कारगार प्रमुख इश्वरी आचार्याले, कारगारमा बाहिरबाट आउने कैदीबन्दीहरुलाइ पिसिआर परिक्षण गरि मात्र कारगार चलान गरिएको बताए । यहाँ खटिने सुरक्षाकर्मी र कर्मचारीहरु , कैदीबन्दीहरु स्वास्थ सामग्रीको अभावकै कारण उचित सुरक्षाका मापदण्ड अपनाउन नसकेकाले त्रसित भैरहेको बेला नगरपालिकाले दिएको यो सहयोग निकै ठूलो र महत्त्वपूर्ण रहेको निमित्त जेलर आचार्यले बताए ।

Leave A Reply

Your email address will not be published.