Jilla Ban Notis

रामग्राम नगरपालिकाद्वारा आ.व.२०७७/०७८ को नीति कार्यक्रम तथा बजेटबारे सुझाव संकलनकार्य सम्पन्न् ।

कोभीड–१९ र कृषिमा बढी फोकसहुन सहभागिहरुले दिए सुझाव

0 22

कृष्ण ढकाल
परासी,असार–२
नवलपरासीको रामग्राम नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा संचालन गर्ने निति कार्यक्रम र वजेटका सम्वन्धमा पूर्व छलफल तथा सुझाव संकलन कार्य आज सम्पन्न् गरेको छ । नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता र प्रदेश नं. 5 का प्रदेश सभासदस्य बैजनाथ जयसवालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो । नवलपरासी जिल्ला समन्वय समितिका अध्यक्ष लगाएत जिल्लाका सबैजसो राजनितिक दलका जिम्मेवार नेता ,नवलपरासी उद्योग वाणीज्य संघ,पाल्हि बहुमुखी क्याम्पस, नेपाल रेडक्रस,उपभोक्ता हित संरक्षण समिति,नागरीक समाज,पत्रकार लगाएतको सो कार्यक्रममा सहभागिता रहेको थियो ।
सुझाव संकलन कार्यक्रमका धेरै जसो सहभागिहरुले कोभीट–१९ र कृषीमाक्ष्ँेत्रलाई पहिलो प्राथमिकतामा राखेर वजेट ल्याउन सुझाव दिएका थिए । उनीहरुले बजार क्ष्ँेत्रमा बसपार्क निमार्ण गर्ने देखि रामग्राम र पंडितपुरमा क्ष्ँेत्रको विकास गर्ने खालका योजना लिन सके आन्तरीक तथा वाहिय मानिसहरुको चापबढ्ने र नगरवासीहरुको आर्थिक चहलपहल हुने सुझाव दिएका थिए । त्यसैगरी तुरीया,भलुहि र झरही जस्ता नदीको पानीलाई स्थानिय किसानले सिंचाईमा प्रयोग गर्ने खालका योजना ल्याउन जरुरी रहेको बताएका थिए । उनीहरुले कोरोनाका कारण स्वदेश फर्केका युवाहरुलाई स्वरोजगार मुखि कार्यक्रमहरु ल्याउने देखि नगरक्षेत्रमा रहेका उद्योग कल कारखानाहरुमा खपत हुने जनशक्तिहरुको पहिचान गरी त्यसमा स्थानिय श्रमीकको कोटा निद्र्यारण गर्ने निति ल्याउन सुझाव दिएका थिए । त्यसैगरी स्थानिय कला संस्कृतिको संरक्षण गर्ने निति तथा योजना,खानेपानी,विद्युतको समुचित ब्यवस्था,बालमैत्री नगर बनाउने योजना तथा निति,अटो भिलेज बजार अनुगमनको लागि विषेश एैनको ब्यवस्था र प्रत्येक वडाको मासिक कार्य सम्पादन प्रगती प्रतिवेदन लिएर अघि बढ्नका लागि सहभागिहरुले सुझाव दिएका थिए ।

आर्थिक बर्ष २०७७/०७८ मा संचालन गर्ने निति कार्यक्रम र वजेटका सम्वन्धमा भएको पूर्व छलफल तथा सुझाव संकलन कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख शिवशंकर राय, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी (आजात), नेपाली कांग्रेस जिल्ला सभापति विष्णु पौडेल, राजपा का केन्दीय सदस्य पुरन चौधरी,जिल्ला अध्यक्षमुकर्जी गिरी,समाजवादी पार्टीका केन्द्रीय सदस्य मुन्ना लाल गुप्ता,स्वतन्त्र राजनितिक समुहका जिल्ला संयोजक राधेरमण पाण्डे , नागरिक समाजका अध्यक्ष तथा पाल्हि बहुमुखि क्याम्पस प्रमुख कैलाश ठाकुर, उपभोक्ता हकहित संरक्षण मन्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, रेडक्रस सोसाईटीका जिल्ला संयोजक राजेन्द्र प्रसाद अग्रहरी, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी, उपाध्यक्ष नगेन्द्र अग्रहरी, उपाध्यक्ष राजेश गुप्ता, महासचिव गिरीराज पाण्डे, रामग्राम स्तुप संरक्षण संस्थाका अध्यक्ष तथा नागरीक समाजका शम्भु उपाध्याय लगायतले आ–आफ्नो सुझाव दिएका थिए।

सुझाव कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभासदस्य जयसवालले अब नगरपालिकाले चालु लगानी बन्द गरेर पुंजीगत लगानी गर्नका लागि सुझाव दिनु भएको थियो । त्यसैगरी उहांले अब कृषीमा भजन जपेर, कर्मकाण्डी रुपमा जस्तोगरी अहिले गरीदै आएको तालीम,गोष्ठी र सेमीनारले केहि नहुने भन्दै अब ठूलोमात्रामा लगानी गरेर अघिबढ्नु पर्ने सुझाव दिनु भएको थियो । उहांले विद्युतको उचीत ब्यवस्थापन र रामग्राम स्तुप तथा पंडीतपुरको लागि सबै एक भएर लाग्नु पर्नेमा समेत जोड दिनु भएको थियो ।
त्यसैगरी जिल्ला समन्वय समितिका अध्यक्ष शिव शंकर रायले रामग्राम नगरपालिकाले जनचाहना अनुसारको वजेट ल्याउन पहल गर्नु पर्ने र आगामी वर्षका लागि अहिलेवाट नै कृषि विऊ उत्पादनमा ध्यान दिन आग्रअ गर्नु भएको थियो ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी नगर उप प्रमुख रम्भा कुवंरले कोभिट–१९ का कारण नगरले सोंचे जस्तो राजश्व शंकलन गर्ने नसकेपनि अहिले अब विदेश तथा स्वदेशका विभिन्न स्थानवाट नगरमा फर्केका जनशक्तिहरुलाई लक्षीतगरी योजना लिएर अघि बढ्ने कार्यमा नगरपालिका लागि परेको बताउनु भएको थियो ।
कार्यक्रममा उठेका प्रश्न र सुझावहरुका वारेमा नगर प्रमुख गुप्ताले आफुहरुले केहि कार्यहरुको शुरुवाद गरी सकेको र सुझावका रुपमा आएका अन्य विषयहरुलाई आगामि वजेटमा समावेर गरेर अघि बढ्ने जानकारी गराउनु भएको थियो । त्यसैगरी अहिले पछिल्लो समय कोभिट–१९ का बावजुद पनि केहि महत्वपूर्ण कार्य गरेको बताउनु भएको थियो । उहांले बसपार्क निमार्ण कार्य र नगरको फोहर ब्यवस्थापनका लागि डम्पिङ्गसाईट निमार्णको कार्य अघि बढेको जानकारी गराउनु भएको थियो । त्यसैगरी प्रत्येक वडाले एक–एकवटा बाल उद्यान निर्माण गर्ने र नगरले दुईवटा बाल उद्यान्न निमार्ण गर्ने योजना देखि बालिकाहरुका लागि विषेश योजना अघि सारिएको जानकारी गराउनु भएको थियो । त्यसैगरी खेलमैदान निमार्ण गर्ने र पाल्हि बहुमुखि क्याम्पसलाई एउटा बस प्रदान गर्ने र नगरमा एउटा विषेश प्रकारको नगर सभाहल बनाउने योजना समेत अघि सारिएको जानकारी गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.