Jilla Ban Notis

रामग्राम नगरपालिकाको कार्यालय पुरै सेनेटाईज गरीयो ।

0 56

कृष्ण ढकाल
बर्दघाट,श्रावाण–२५
नवलपरासीको रामग्राम नगरपालिका परासीका कर्मचारीमा कोरोना संक्रमण देखिए पछि नगरपालिकाले आफ्नो कार्यालय र वडा नं. ६ को कार्यालय सिल गरेर सरसफाई तथा सेनेटाईज गर्ने कार्य गरेको छ । समुदाय स्तरमा कोरोना संक्रमणबारे जिल्ला स्तरिय कोभिड९ १९ रोकथाम तथा नियन्त्रण समितिले सबै स्थानीय तहमा परीक्षण सुरू गर्नेक्रममा रामग्राम नगरपालिका परासीका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । कर्मचारीतथा नगरक्षेत्रका नागरीकहरुको सुरक्षालाई मध्यनजरगरी अहिले श्रावण मसान्त सम्म नगरपालिका सिल गरेर कार्यालयमा सेनेटाईज गर्ने कार्य गरीएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनु भएको छ । यहांका अनुसार अहिले रामग्राम नगरपालिकाले अतिआवश्यकता सेवा दमकल,स्वास्थ्य तथा सरसफाई वाहेकका सबै काममा रोक लगाईएको छ ।
रामग्राम नगरपालिका क्षेत्रमा रहेका सर्वसाधरण, कर्मचारी, पत्रकार, बैक तथा वित्तीय संस्थाका कर्मचारी, होटल व्यवसायी लगाएत १ सय २९ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा २ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख गौरव ढकालले जानकारी दिनु भएको छ । संक्रमण देखिएकामा रामग्राम नगरपालिकाका एक कर्मचारी र वडा नं १८ का एक जना छन् ।

Leave A Reply

Your email address will not be published.