Jilla Ban Notis

रामग्राम नगरको अमरबन स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा शुभारम्भ ।

0 60

गौेरीशंकर जयसवाल

परासी २९ भदौ
पश्चिम नवलपरासीको एक स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा शुभारम्भ गरिएको छ । रामग्राम नगर पालिकाको वडा न १८मा अवस्थित अमरबन स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा शुभारम्भ गरिएको हो ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले एक कार्यक्रमको बिच अमरबन स्वास्थ्य चौकीमा प्रयोगशाला सेवाको शुभारम्भ गरेका हुन ।

प्रयोगशाला शुभारम्भ गदै नगरप्रमुख धनपत यादवले भौतिक पूर्वाधार निमार्णसंगै नगरपालिकाले स्वास्थ्य क्षेत्रमा भरपूर्ण लागनी गरी स्वास्थ्यबाट सेवा प्रवाभवकारी रुपले संचालन गर्न लगिएको बताए । उनले स्वास्थ्य सेवालाई प्रभावकारी बनाईर्दै यहाँ नगरीकलाई स्वास्थ्य सेवा पहुच पुयाउने र स्वास्थ्य प्रभावकारी सेवा दिनको लागि नगरपालिका लागि परेको यादवले बताए ।

नगरपालिकाले शिषेश गरी दुई सेक्टरमा लागनी गरेको बताउदै यादवले स्वास्थ्य र शिक्षामा लागनी नगरपालिकाले लागनी गरेको बताए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख सम्झाना चौधरीले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा संचालन आएपछि यहाँ जनताहरुले सहज र सरल छिटोछरितो स्वास्थ्य परीक्षण गराउन पाउने बिश्वास व्यक्त गरेकी छिन ।

गाउँमै स्वास्थ्य संस्थाबाट सेवा पाउदाँ यहा जनताहरुले परासी प्रयोगशाला सेवा लिन जानुपर्ने अवस्था अन्त्य भएको चौधरीले बताईन ।

रामग्राम वडा न १८का वडाअध्यक्ष गोपाल डिस्वा मगरले यहाँ प्रयोगशाला नहुदाँ घण्टौ लगाएर ग्रामीण क्षेत्रका जनता परासी वा अन्त्रय ठाउँ जानु पर्ने अवस्था रहेकोमा अफानै वडामा रहेको अमरबन स्वास्थ्य चौकीबाट प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउना पउदाँ यहाँ जनताहरु र हामी समेत हर्षित भएको बताए ।

प्रयोगशालमा थाईराड,सुगर,यूरीया यूरिक्सीड,दिसापिसाब,डडीजको ब्लड लागायतको चेकजाँच गरिने स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज गौतामले जनकारी दिए । अब केही दिनमा सुक्रौली स्वास्थ्य चौकी र अमरौट स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा संचालन गर्ने नगरपालिकाले योजना रहेको सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटाले बताए ।

 

Leave A Reply

Your email address will not be published.