Jilla Ban Notis

रामग्राम जेसीजद्धारा पत्रकार र स्वास्थ्य कर्मीहरुका लागि स्वास्थ्य सामाग्री प्रदान ।

0 31

गौरीशंकर जयसवाल
परासी ७ जेष्ठ
रामग्राम जेसीज पश्चिम नवलपरासीले कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटीने पत्रकार र स्वास्थ्य कर्मीहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिम मोलेर स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकोले बुधवार स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएको रामग्राम जेसीज पश्चिम नवलपरासीका अध्यक्ष सन्दिप अग्रहरिले वताए । पत्रकारलाई १ थान  KN 95 मास्क ,सेनेटाईजर १ थान  र  २१ जनालाई स्वास्थ्य समाग्री बितरण गरिएको जेसीजका कार्यक्रम संयोजक मोहन पौडेले जानकारी दिए । स्वास्थ्यकर्मीलाई १ थान KN 95 मास्क  ,सेनेटाईजर १ थान , २९ जना  स्टाप नर्सलाई ग्लवस २९थान बितरण गरिएको जेसीजका महासचिव चन्द्रमणी चौधरीले बताए ।
स्वास्थ्य सामाग्री प्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले कोभिड–१९ संक्रमण नियन्त्रणमा खटीएका पत्रकार र स्वास्थ्य कर्मीहरुलाई बिभिन्न्न संघ,सस्थाहरुले सुरक्षा सामाग्री प्रदान गरेर हौसला बढाएको बताए । पत्रकारहरु संक्रमणको समयमा खटीदा जिम्मेवार भएर सत्य , तथ्यको आधारमा समाचार लेख्न अध्यक्ष शर्माले पत्रकारहरुलाई आग्रह गरेका छन ।
पृथ्बी चन्द्र अस्पतालका निमिक्त प्रमुख मेडीकल सुपरिटेन्डेन्ट मोहमद नुरुल होदाले कोभिड–१९ संक्रमणमा स्वास्थ्य कर्मीहरु जोखीम मोलेर काम गरिरहेको अवस्थामा रामग्राम जेसीजद्धारा प्राप्त स्वास्थ्य सामाग्रीको ठूलो महत्व राख्ने बताए ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीका क्रियाशील पत्रकारहरू र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरि कोरोना संक्रमण नियन्त्रमा रामग्राम जेसीजले सहयोग पु—याएको नेपाल पत्रकार महासंघका सचिव राजकुमार रेश्र्मीले वताए । कार्यक्रममा रामग्राम जेसीजका पूर्व अध्यक्षद्धय सञ्जय पाठक मेघराज गौतम र जेसीजका निवर्तमान अध्यक्ष नारायण सुवेदीलागायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.