Jilla Ban Notis

रामग्राममा तीन दिने नगरस्तरीय मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सुरु ।

0 42

गौरीशंकर जयसवाल

परासी १४ पुस

पश्चिम नवलपरासीमा आजदेखी ३ दिने नगरस्तरीय मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सुरु भएको छ । रामग्राम नगरपालिकाको कृषि बिकास शाखाको आयोजनामा उक्त ३ दिने नगरस्तरीय मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सुरु भएको हो । तालिमको आज एक कार्यक्रमको बिच रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले उर्दघाटन गदै गुप्ताले रामग्राम नगरपालिकाले कृषि क्षेत्रलाई उच्च प्रथामिकता साथ राखी काम गरिरहेको बताउदै यस तालिमले क्षेत्रमा बिषादी मुक्त उत्पादन गर्न र तरकारीको उत्पादन बढाउन बिश्वास व्यक्त गरेका थिए । उनले यस क्षेत्रमा उत्पादन भएका तरकारीहरुलाई स्टोर गर्नको लागि सातवटै स्थानिय तहहरुको सहकार्यमा रामग्राम नगरपालिकामा कोल्ड स्टोर स्थापना गर्न लागिएको भन्दै कृषि पेशा व्यवसयिक रुपमा गर्ने किसानहरुलाई ५० प्रतिशत नगरपालिकाले अनुदान दिने व्यवस्था गरिएको बताए । तालिममा बैदेशिक रोजगारबाट फर्केका युवाहरु र पेशागत तरकारी खेती गरिरहेका किसानहरुलाई लक्षित गरी उक्त तालिम संचालन गरिएको कृषि बिकास शाखा प्रमुख कुलदिप नारायण मिश्राले जानकारी दिए । उनको अनुसार रामग्राम नगरपालिकाका सबै वडाबाट बैदेशिक रोजगारबाट फर्केका र पेशागत तरकारी खेती गरिरहेका किसानहरु महिला पुरुष गरी २४ जनाको सहभागिता रहेको बताए । तीन दिन सम्म चल्ने तालिमको क्रमश कृषि बिकास शाखा प्रमुख कुलदिप नारायण मिश्रा,प्राबिधीक सहायकद्धय उमेश कुमार धोबी,सन्त कुमार गिरीले प्रशिक्षण दिनुहुने छ ।

Leave A Reply

Your email address will not be published.