Jilla Ban Notis

राजामहात्मा पूर्णभद्र माध्यामिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टुक प्रसाद बस्यालमाथी आक्रमण, अवस्था अहिले सामान्य ।

0 85

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१०
नवलपरासीको बर्दघाट –९ पञ्चनगरको राजामहात्मा पूर्णभद्र माध्यामिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टुक प्रसाद बस्यालको अवस्था अहिले सामान्य रहेको छ । मंगलवार दिऊंसो विद्यायमा नियमित बैठक सकेर फर्किने क्रममा विद्यालय हाता भित्रै एक समुहसंग सामान्य कुराकानीहुदै गर्दा बस्यालमाथी आक्रमण भएको बताईएको छ । समुहको आक्रमणवाट बस्यालको टाऊकोमा चोट लागेको थियो । आक्रमणवाट घाईते भएका बस्यालको उपचारका लागि चिसापानी अस्पताल लगिएको थियो । टाऊकोको तत्काल सिटिसक्यान गर्नु पर्ने र टांका लगाउनु पर्ने भएकाले चिसापानी अस्पतालले सामान्य उपचारगरी तत्काल बुटवल पठाएको राजामहात्मा पूर्णभद्र माध्यामिक विद्यालयका प्र.अ. पुष्पराज आचार्यले बताउनु भएको छ । बुटवलमा लगेर उपचार गरीएका वस्यालको अहिले टाउकोमा टांकाहरु लगाईएको र सिटिसक्यान रिपोर्टमा खासै नराम्रो रिपोर्ट नआएको उपचारमा रहेका घाईते टुक प्रसाद बस्यालले गाऊंले अनलाईनलाई बताउनु भएको छ ।
घाईते वस्यालले आफुमाथि आक्रमण गर्ने समुहले योजनावद्ध रुपमा आफुमाथी आक्रमण गरेको बताउनु भएको छ । उहांले विद्यालयमा शिक्षक सरुवा भएर आउनका लागि निर्णय गराउन केहि ब्यक्तिले आफुलाई दवाव दिएकोमा आगामी बैठकमा त्यस सम्बन्धमा छलफल र निर्णय गर्ने भनीे बैठकमा छलफल नभएपछि बैठकमा किन निर्णय नगराएको भन्दै पूर्णकान्त गिरीको समुहले आफुमाथी एक्कासी आक्रमण गरी आफुलाई घाईते बनाएको बताउनु भएको छ । विद्यालयमा विज्ञान शिक्षक खाली रहेको र सोहि ठाउमा सरुवा गराउनका लागि हालसालै स्थायी भएका पुणकान्त गिरीले अरुको साथ र सर्मथनमा विद्यालयमा पुगी कुटपिटगरी ज्यानलिने योजना गराएको बताउनु भएको छ ।
यता बस्यालले आरोप लगाएका पूर्णकान्त गिरीलाई यस विषयमा बुझन खोज्दा सम्पर्क हुन सकेको छैन् ।

Leave A Reply

Your email address will not be published.