Jilla Ban Notis

युवा नेता नगेन्द्र अग्रहरीद्धारा नवजिवन अपाङ्ग नगरकमीटीलाई खाद्यान्न सहयोग ।

0 71

गौरीशंकर जयसवाल
परासी १९ बैशाख

युवा नेता तथा  व्यवासयी नगेन्द्र अग्रहरी बेसाहाराको साहारा बनेका छन । लकडाउनको बेलामा अपाङ्गहरुलाई खाद्यान्न दिएर बेसाहारको साहारा अग्रहरी बनेका हुन । उनी लकडाउनबाट प्रभाबित भएका अपाङ्गहरुको अफनो व्यक्तिगत रुपमा खाद्यान्न समाग्री सहयोग  गरेर साहारा बनेका छन । आरती एग्रो इन्डष्ट्रिज प्रालिका संचालक एवम उद्योग बाणिज्य उद्योग उपाध्यक्ष समेत रहेका नगेन्द्र अग्रहरी नवजिवन अपाङ्ग नगरकमीटीलाई खाद्यान्न सामाग्री बितरण गरेका छन । लकडाउनको समयमा कठिनाई भोगिरहेका अपाङ्गहरुलाई भोकै हुने अवस्था नआओस्स भन्ने उद्देश्यले उक्त खाद्यान्न सामाग्री बितरण गरिएको अग्रहरीले बताए ।
उनले भने म आफनो व्यक्तिगत रुपमा २५ घरधुरी पुग्ने गरी अपाङ्गहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको हो । अपाङ्गहरुलाई १० किलो चामल , ५ किलो झुरुम चिउरा गरी करिब २५ हजार रुपैया पर्ने खाद्यान्न समाग्री सहयोग गरेको अग्रहरीले बताए । लकडाउनको समयमा दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अति विपन्न वर्गलाई अग्रहरीले अफनो व्यक्तिगत रुपमा उद्योग बाणिज्य संघको राहत कोषमा ५१ हजार दिएका थिए । यस्तै सुनवल नगरपालिकाको दैबिक प्रकोप समितीलाई लकडाउन बाट प्रभाबित अति गरिब बिपन्न बगहरुलाई अग्रहरीले अफनो व्यक्तिगत रुपमा खाद्यान्न बितरण गरेका थिए । अघि उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष आफ्नो घरमा भाडामा बस्दै आएकालाई चैत र बैशाखको घरभाडा नलिने घोषणा समेत गरीसकेका छन ।

Leave A Reply

Your email address will not be published.