Jilla Ban Notis

युवाहरुलाई स्वरोजगार तर्फ उन्मुखगर्न स्थानिय सरकार तयार छ ः नगरप्रमुख गुप्ता

0 25

रामु भुसाल/गौरीशंकर जयसवाल
बर्दघाट,मंसीर–२५
बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउदै लैजानु पर्ने र सके सम्म स्वदेसमै स्वरोजगार वा रोजगारी सृजना गरी दक्ष युवाहरुलाई स्वदेशमै रोक्न सरकारले पहल गनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल सरकार र स्वीस बीच भएको द्धिपक्षिय सम्झौता अनुसार स्थानिय सरकारहरुको नेतृत्वमा इन्दे्रणी समाजिक बिकास मन्च बर्दघाट ९ पञ्चनगर द्धारा संचालित सुरक्षित आप्रवासन परियोजना (सामीे)ले शुक्रबार भुमहीमा आयोजना गरेको सरोकारवाला संघ सस्था तथा सामुदायिक नेतृत्वहरुसंग सुरक्षित बैदेशीक रोजगार सम्बन्धित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो बताइका हुन् ।

इन्दे्रणी समाजिक बिकास मन्च पञ्चनगरका अध्यक्ष बद्री सुबेदीको अध्यक्षता एंव रामग्राम नगरपालीकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता प्रमुख अतिथ्यतमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले अहिलेका युवाहरु बैदेशिक रोजगारमा जादा जस्तो पनि काम गर्न पछि नपर्ने तर देशमै आफ्नै स्वरोजगार गर्न पछि हट्ने स्वभावले गर्दा समस्या आयको बताउदै युवाहरु स्वरोजगार तर्फ उन्मुन हुनु पर्ने त्यस्का लागि स्थानिय सरकार सहयोग गर्न तयार रहेको बताउनु भयो । सो कार्यक्रम सामी परीयोजनाका संयोजक ज्ञनेश्वर भण्डारी कार्यपत्र प्रस्तुत गदै नवलपरासीमा आथिक बर्ष २०६४÷०६५ देखि आथिक बर्ष २०७६÷०७७ सम्म श्रम स्वीकृत लिएर बैदेशीक रोजगारीमा जाने पुरुष ११ हजार ९ सय ७१ जना र महिला २ हजार ८ सय ५९ जानकारी दिए ।

कोराना महामारीको कारण स्वदेशमा रोजगारको अवसरमा नपाएका करिब २४ हजार भन्दा रोजगारीको लागि भरततर्फ लगेको भण्डारीले बताए । कोभिडको कारण बन्दाबन्दीको अवस्थामा टेलिफोन काउन्सिलीड मार्फत ४१२ जनालाई प्रथामिक मनौबैज्ञानीक सेवा पि.एफ.ए प्रदान गरेको र २७ वटा क्वारेन्टाईन तथा अइसोलोसनमा प्रथामिक मनौबैज्ञानीक सेवा प्रदान गरिएको भण्डारीले बताउनु भयो ।

सामी परीयोजनाले बैदेशीक रोजगारसंग नेपाल तथा बिदेशमा भएका ३६८ केशहरुमा सहजिकारण गरेको र १२४केशहरु सामाधान गरीएको परियोजनाले जनाएको छ । त्यस्तै सहजीकरण ९६ लाख आर्थिक सहायता र क्षेतिपूर्ति कामदार र परिवारहरुले प्रप्ता गरेको बित्तिया सारक्षता र मनोसामाजिक परामर्श कक्षाको १६ स्थान समूह गठन भई सञ्चालन रहेको संयोजक भण्डारीले जानकारी दिनु भयो । सो अवसरमा ईन्द्रेणी समाजिक बिकास मञ्चका अध्यक्ष बद्री सुबेदीले पश्चिम नवलपरासीका ६ वटै स्थानिय तहको सहकार्यमा सामी परियोजना संचालन रहेको बताउनु भयो ।

परियोजनाले बैदेशीक रोजगारमा जानु अघि सहि सुचना प्राप्त र सिप सिकेर मात्र जाने र सिप सम्बन्धि तालिम समेत प्रदान गर्ने गरेको र परिया्ेजनाले मेनपावरबाट ठगीएको व्यक्तिहरुलाई र बैदेशीक रोजगारबाट दुख पाएर फर्केका युवायुवगतीहरुलाई निशूलक कानुनी सहायत समेत दिने गरेको अध्यक्ष सुबेदीले बताउनु भयो ।

सो अवसरमा नेपाल आदिबासी जनजाती महा संघका जिल्ला अध्यक्ष देबराज चौधरी, शशक्तीकरण नेपालकी पुस्पा लामा, रामनगर जेसीसकका समयोजक भोजराज पौडल, पौरखी नेपालकी जिल्ला समयोजक सम्झना चौधरी, उघोग बाणिज्य संघ नवलपरासीका महा सचिव गिरी राज पाण्डे, आस्था समुह नवलपरासीका सयोजक चेनारायण भण्डारी र आप्रबासी परिवार हकहित मन्च नवलपरासीका जिल्ला सचिव रामु भुसाल लगाएतको मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सामी परियोजनाकी मनो परामर्शकर्ता सुमित्रा चौधरीले गनु भएको थियो । सो अवसरमा जिल्लाका बिभिन्न संघसस्थाका प्रतिनिधि सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.