Jilla Ban Notis

युवासंघलाई रहरलाग्दो,भरलाग्दो र डरलाग्दो रुपमा तयार गर्नेबेला आएको छ ः नेता पौडेल

0 36

कृष्ण ढकाल
बर्दघाट,माघ–११
युवाहरुलाई संगठीत गराएर राष्ट्रिय युवासंघ नेपाल रहर लाग्दो,भर लाग्दो र डर लाग्दो रुपमा तयार गर्ने बेला आएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष किरण पौडेलले बताउनु भएको छ । आज राष्ट्रिय युवा संघ नेपाल नवलपरासीले बर्दघाटमा आयोजना गरेको वृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता पौडेलले सो कुरा बताउनु भएको हो ।
उहांले पार्टीलाई संकट परेका बेला जहीले पनि युवाहरुले नै साथ र समर्थन दिएर निकास दिएको स्मरणगर्दे अब नेकपाको अस्तीत्वका लागि युवाहरु फेरी एक पटक एकभएर लाग्न जरुरी रहेको बताउनु भयो । त्यसैगरी देशका भ्रट नेता देखि माफीयाहरुको अन्त्यगर्न पनि युवाहरु संगठीत भएर लाग्न नेता पौडेलले आग्रह गर्नु भएको थियो ।

उहांले पुष्पकमल दहालले आफ्ना परिवारको मुहार फेर्ने वाहेक अरु देश र जनताका लागि केहि गर्न नसकेको बताउनु भयो । त्यसैगरी माधव कुमार नेपालले फेरी पनि पार्टीको अध्यक्ष भएको भए अहिले नेकपा पार्टीलाई मजदुर किसान पार्टी र राप्रपा जस्तो सानो भुरेपार्टीमा परिणत हुने बताउनु भएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला संयोजक युवराज डुम्रेको अध्यक्षता र राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्यता र  दामोदर पाण्डे (निर्मल)ले  संचालनगर्नु भएको कार्यक्रममा  नेकपाका केन्द्रीय सदस्य थान प्रसाद गैरे,बिमला अर्याल,राजु हरिजन लगाएत विभिन्न भातृ संगठनका केन्द्रिय ,प्रदेश र जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.