Jilla Ban Notis

युरिया मल नपाएपछि किसानहरु आक्रोसित ।

0 20

६ भदौ, बुटवल

रुपन्देहीको ओमसतिया–५ पट्खौलीका किसान आशिष चौधरीको परिवारको खर्च धान्ने मुख्य आम्दानीको स्रोत धान खेती हो । पाँच बिघा खेत भएका चौधरी रोप्ने बेलामा राम्रो वर्षा भएको र मल पनि पाइएकाले धान उत्पादन बढ्ने आशामा थिए । तर झार गोडेपछि युरिया राख्ने समय घर्किन लाग्दा पनि मल नपाएपछि अहिले उनी निराश बनेका छन् ।

खेतमा झार गोडिसकेपछि उत्पादन बढाउन सामान्यतः धान रोपेको एक महिनामा खेतमा युरिया मल राख्नुपर्ने हुन्छ । तर युरियासहित सबैखाले रासायनिक मल उपलब्ध गराउने जिम्मा पाएको कृषि सामग्री केन्द्रको प्रादेशिक डिपो भैरहवामा एक बोरा पनि युरिया मल छैन । धान रोपेको दुई महिना पुग्न लाग्दा पनि सरकारी निकायबाट मल नपाएपछि रुपन्देहीसहित तराईका किसानले खेतमा मल राख्न पाएका छैनन् । मल नपाउँदा आशिष चौधरीजस्तै अधिकांश किसान धान उत्पादन र आम्दानी घट्ने चिन्तामा छन् ।

@ onlinekhabar.com

Leave A Reply

Your email address will not be published.