Jilla Ban Notis

युथ अफ सुस्ता र सुरज पाठकले गरे सुस्ता गाउँपालिकाको राहत कोषमा सहयोग ।

0 63

फूलकुमारी
बर्दघाट,बैशाख–२

सुस्ता गाउँपालिकाले स्थापना गरेको राहत कोषमा सुस्ता २ जमुनबारीका समाजसेवी सुरज पाठकले खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् । कोभिड १९को न्युनिकरणका लागी राज्यद्धारा लागु गरिएको लकडाउन सुरु भएसँगै सुस्ता गाउँपालिका क्षेत्रभित्रका अति विपन्न तथा ज्याला मञ्जुरी गरेर दैनिकी चलाउने घरपरिवारमा केही सहयोग होस भन्ने हेतुले सुस्ता २ जमुनबारी निवासी सुरज पाठकले सुस्ता गाउँपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको सुरज पाठकले गाउँले दर्पण अनलाइनलाई जानकारी गराएका छन् ।

त्यसैगरी युथ अफ सुस्ताले सुस्ता गाउँपालिकालाई ६ पिस पि.पि.इ. र १५ पिस कोभिड ९५ माक्स हस्तान्तरण गरेको छ ।

Leave A Reply

Your email address will not be published.