Jilla Ban Notis

मेलामा  दर्शकलाई नचाए हेमन्त र खुमनले, हसाए पुर्खे बाले ।

0 51

रमेश भुसाल

मंशिर १३

सुनवलमा संचालित प्रादेशिक औद्योगीक व्यापार मेलाको आज नवौं दिन राष्ट्रिय गायक खुमन अधिकारी र हेमन्त शर्माले, कला लम्साल लगाएतले प्रस्तुतीले मेलाको माहोल निकै तातेको थियो । राष्ट्रिय कलाकार खुमन अधिकारी र हेमन्त शर्माले हजारै दर्शकलाई नचाउदै मेलालाई संगीतमय बनाएका थिए । त्यस्तै हास्य कालाकार पुर्खे बाको प्रतुतीले दर्शकहरु पेट मिचि मिचि हासेका थिए । आज मात्रै ७ हजार भन्दा वढिले मेला अवलोकन गरेको प्रचार प्रसार समिति संयोजक तथा संघका महा सचिव तेज प्रसाद भण्डारीले बताए । त्यस्तै मेलाको शुरुवात देखि नै अवलोकनकर्ताको राम्रो साथ पाएको व्यापार मेलालाई थप एतेहासिक बनाउन मेलामा आउनुभएका सम्पुर्ण अवलोकनकर्ता , वुद्धिजिवि , समाजसेवि लगाएत सम्पुर्णबाट सल्लाहा सुझावको अपेक्षा रहेको आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य ले बताए । मेलामा निरन्तर दर्शकहरुको मन जित्न सफल भएको र मेला अवधिभर यसै गरि साथको अपेक्षा राखेको संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खलेलले बताए । अवलोवकनकर्ताको साथ पाएको प्रादेशिक औद्योगीक व्यापार मेलामा फेन्सि, अटोमोवाइल्स, बालउद्यान, होटल व्यवसायिहरुले व्यापार कारोवार पनि सोहि अनुसार भएकोे बताएका छन् । त्यस्तै मेलामा विद्यार्थीशहरुबको बिज्ञान प्रर्दशनि र विभिन्न जातजातिका परम्परागत घर र खानाका परिकारहरुले दर्शकहरुलाई आकर्षण गरेको स्टल व्यवस्थापन संयोजक तथा संघका सचिव इश्वरी भण्डारीले बताए । त्यस्तै मेलाको थप आर्कषणका रुपमा रहेको खुल्ला उपमेयर कप भलिवल प्रतियोगीताको आजको खेलमा गुल्मि भलिबल संघ बिजय भएको छ । गुल्मि भलिवल संघले मणिमुकुन्द भलिबल क्लव बि लाई पराजीत गरेको हो । त्यस्तै अर्को खेलमा नवलपरासी भलिवल संघ विजयी भएको खेलकुद व्यावस्थापन समतिका संयोजक चुरामणी गैरेले बताए । यसैगरि मेलाको दशौ दिन शनिबार लोक तथा दोहोरी गायक पशुपति शर्मा, आधुनिक गायक कमल खत्रि,गायिका दुर्गा सापकोटा र गायक दिपक खड्का लगाएतको बेजेड प्रस्तुति रहने सांस्कृतिक कार्यक्रमका संयोजक रमेश पराजुलिले बताए ।

Leave A Reply

Your email address will not be published.