Jilla Ban Notis

मृगौला पिडित राम प्रसाद चौधरीलाई क्यूपेकद्धारा आर्थिक सहयोग ।

0 20

कृष्ण चौधरी

बर्दघाट,कार्तिक –२२

क्यूपेक नेपाल बर्दघाट नगरपालिका वडा नं १० वडा कमिटिका सदस्य राम प्रसाद चौधरीलाई क्यूपेक नेपालले ३० हजार आर्थिक सहयोग गरेको छ । मृर्गौला पिडित चौधरीको स्वास्थ्य उपचारका लागि कमीटीले ३० हजार रकम सहयोग गरेको हो ।
सरावल गाँउपालिका वडा नं २ मा बसोबास गर्ने राम प्रसाद चौधरी को मृर्गौला खराब भएको हुनाले उहाँको उपचारको लागि जिफन्ट ऐकेबध्दता कोष बाट नगद रु ३० हजार सहयोग गरीएको बताईएको छ । सहयोग रकम हस्तान्त्रणका क्रममा क्यूपेक नेपाल केन्द्रिय कमिटिका उपाध्यक्ष राम प्रसाद पाण्डे लगायत जिल्ला कमिटि ,नगर कमिटि तथा वडा कमिटिका अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
रकम हस्तान्तरणका क्रममा क्यूपेक नेपाल केन्द्रिय कमिटिका उपाध्यक्ष राम प्रसाद पाण्डेले मृगौला पिडित राम प्रसाद चौधरीको शिघ्र स्वास्थय लाभको कामना गनु गएको थियो ।

Leave A Reply

Your email address will not be published.