Jilla Ban Notis

मुलपानि सामुदायिक बन उपभोक्ता समुह सुनवलको छैठौ बार्षिक साधारणसभा । 

0 41

पुजा लम्साल

सुनवल,पुष १२

मुलपानि सामुदायिक बन उपभोक्ता समुह सुनवल ४ नवलपरासीको छैठौ बार्षिक साधारणसभा संस्थाको सभाहलमा आज सम्पन्न भएको छ । उपभोक्ता समितिका अध्यक्ष कुन्ता तिवारीको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले सामुदायिक बनले सुनवल नगरको दिगो बिकासलाई आत्मसाथ गर्दै बिभिन्न कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो । यसका लागि नगरपालिका सहयोग गर्न प्रतिवद्ध रहेको नगरप्रम्ुाख थापाको भनाई छ । हाल जलबायु परिवर्तनले बिश्वलाई असर पारिरहेको अवस्थामा यस असरलाई केहि हद सम्म न्युनिकरण गर्न र बातावरणलाई स्वच्छ बनाउनमा सामुदायिक बनको भुमिका महत्वपुण रहेकोेमा प्रशंसा व्यक्त गर्नुभयो । कार्यक्रमका बिशिष्ठ अतिथि नगर उपप्रमुख दधिराम अर्यालले सामुदायिक बनले नया प्रबिधि ल्याएर काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । सुनवल नगरपालिका वडा नं ४का वडाध्यक्ष बिरबहादुर गुरुगं, महासंघमा आवद्ध पदाधिकारी, बिभिन्न संघसस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।उपभोक्ता समितिका उपाध्यक्ष प्रभुलाल माँैर्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका अध्यक्ष कुन्ता तिवारी, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष अवधेस कुमार यादव र लेखासमितिको प्रतिवेदन संयोजक यमनारायण लम्सालले प्रस्तुत गर्नुभएको थियो । यस सामुदायिक बनमा कुल ५ सय ८५ घरधुरि आवद्ध रहेका छन् ।

Leave A Reply

Your email address will not be published.