Jilla Ban Notis

मिटर रिडिङ नभएका विद्युतका ग्राहकलाई असोज २२ गते सम्म जरिवाना नहुने ।

0 34

कृष्ण ढकाल
बर्दघाट,असोज–१३
मिटर रिडिङ नभएका विद्युतका ग्राहकलाई भदौ महिनाको जरिवाना नलाग्ने भएको छ । लक डाउनका कारण उपभोक्ताहरुलाई महशुल बुझाउन समस्या हुने देखिएकाले यो भदौ महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी असोज २२ गते सम्म बुझाएमा कुनै थप दस्तुर नलाग्ने नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले बताउनु भएको छ । असोज २३ गते देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने झाले बताउनु भयो । कोरोना भाइरस ९कोभिड(१९० प्रकोपका कारण मिटर रिडिङ हुन नसकेका कारणले ग्राहकलाई जरिवाना नलाग्ने ब्यवस्था नेपाल विद्युत प्राधिकरणले गरेको झाले बताउनु भएको छ ।


कतिपय ग्राहकबाट उक्त अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो ग्राहकवाट आएसंगै त्यसलाई सम्बाधेनगरी प्राधिकरणले जरिवाना नलिने व्यवस्था गरेको झाले बताउनु भयो । त्यसैगरी गएको भदौ महिनामा जरिवाना लिइएको भए उक्त रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्ने समेत बताउनु भको छ ।
आज केन्द्रमा बसेको बैठकको निर्णयले यो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसेकेको अवस्थामा ग्राहक आफैंलाई मिटरको नम्बर टिपाएर शुल्क लिन पनि आग्रह गरेको छ ।

त्यसैगरीप्राधिकरणले जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेका कारण बर्दघाट वितरण केन्द्रले सोही अनुसार सार्वजनिक सूचना समेत जारी गरेको बताउनु भएको छ ।      https://www.youtube.com/watch?v=yzLIV1woWlA&t=54s

Leave A Reply

Your email address will not be published.