Jilla Ban Notis

माहुरी पालक कृषक समुहलाई आवश्यक सामग्री प्रदान ।

0 48

बर्दघाट,फागुन–१४
बर्दघाट नगरपालिकाको कृषि शाखाले बर्दघाट वडा नं. ७ को वेलाहानीका माहुरी पालक कृषक समुहलाई आवश्यक सामग्री प्रदान गरेको छ । नगरपालिकाले एक कार्यक्रमका विच उक्त सामाग्रीहरु हस्त्रान्तण गरेको हो । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्याल र नग उप प्रमुख माया देवि पौडेले संयुक्त रुपमा उक्त सामाग्री हस्त्रान्तण गर्नु भएको थियो । उनीहरुलाई ८१ थान मौरी घार,१ थान मदानी,आधार चाका बनाउने १५ केजि र सूर्य मुखिको विऊ ८ केजी प्रदान गरीएको बर्दघाट नगरपालिकाको कृषी शाखामा कार्यरत जे.टी.ए. खुमाकान्त न्यौपानेले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.