Jilla Ban Notis

मायादेवीमा विपन्न घरपरिवारलाई राहत वितरण ।

0 20

तुलसी राम पौडेल
फर्साटिकर ,चैत २५
बिश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को सक्रमण रोक्न देशव्यापी गरिएको लकडाउनबाट प्रभावित मायादेविका अति विपन्न दैनिकी ज्यालादारी घर परिवारलाई मायादेवी गाउपालिकाले  राहत सामाग्री वितरण गर्ने कार्यक्रम जारी राखेको छ । मायादेवी गाउपालिकाले वडा नम्बर ७ का  ३ सय ५५ अति विपन्न परिवार  लाइ राहत सामाग्री वितरण गरेको छ । राहत सामाग्री वितरण कार्यक्रम अन्तरगत चार जना सम्म सदस्य भएको घर परिवारलाई १० किलो चामल ,२ किलो दाल , १ लिटर तेल , २ वटा डिटोल साबुन ,१ किलो नुनको पोको वितरण गरिएको छ।त्यसै गरि चार जना सदस्य भन्दा बढी सदस्यहरु भएको घर परिवारलाई १५ किलो चामल ,२ किलो दाल ,१ लिटर तेल ,२ वटा डिटोल साबुन र १ किलो नुनको पोको वितरण गरिएको छ । मायादेवी गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरी वडा न. ७का वडा अध्यक्ष रमाशंकर यादव  एवं ,वडा सदस्यहरुको रोहवरमा राहत सामाग्री वितरण गरिएको थियोे ।  सोही कार्यक्रम अन्तरगत वडा नम्बर  ६ का   ५ सय ५० अति बिपन्न परिवारलाइ वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र यादव एवं वडा सदस्यहरुको रोहवरमा राहत वितरण गरिएको थियो ।त्यसै गरि वडा नम्बर ५ का ४ सय ११  अति विपन्न घर परिवारलाई गाउपालिका अध्यक्ष ध्रुब नारायण चौधरी ,वडा नम्बर ५ का वडा अध्यक्ष राम चन्द्र यादव एवं वडा सदस्यहरुको रोहवरमा राहत वितरण गरिएको थियोे ।

Leave A Reply

Your email address will not be published.