Jilla Ban Notis

मायादेवि गाउंपालिकाद्धारा अति विपन्न घरपरिवारलाई राहत वितरण ।

0 32

तुलसी राम पौडेल
फर्साटिकर, चैत २१
कोरोना भाइरसको सक्रमण रोक्न देशव्यापी गरिएको लकडाउनबाट प्रभावित गाउंपालिकाका अति विपन्न दैनिकी ज्यालादारी घर परिवारलाई राहत सामाग्री वितरण गरीएको छ । मायादेवी गाउंपालिकाले वडा नम्बर १ का १ सय २० घर ,वडा नम्बर २ का १ सय घर र वडा नम्बर ४ का १ सय ५० घरपरिवारलाई राहत सामाग्री वितरण गरेको मायादेवी गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले बताउनु भएके छ । राहत सामाग्री वितरण कार्यक्रम अन्तरगत चार जना सम्म सदस्य भएको घर परिवारलाई १० किलो चामल ,२ किलो दाल , १ लिटर तेल , २ वटा डिटोल साबुन ,१ किलो नुनको पोको वितरण गरिएको छ । त्यसै गरि चार जना सदस्य भन्दा बढी सदस्यहरु भएको घर परिवारलाई १५ किलो चामल ,२ किलो दाल ,१ लिटर तेल ,२ वटा डिटोल साबुन र १ किलो नुनको पोको वितरण गरिएको मायादेवी गाउपालिकी उपाध्यक्ष तारादेवी यादवले बताउनु भयो । राहत वितरणमा प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद ढुंगाना ,वडा अध्यक्ष ,वडा सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

युनाइटेड इङलिस बोर्डिङले पनि राहत वितरण गर्यो ।


बुटवल उपमहानगरपालिका वडा नम्बर १८ को सहकार्य र युनाइटेड इङलिस बोर्डिङको आयोजना र विभिन्न  सहयोगी दाताहरुको सहयोगमा दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने १ सय२४ विपन्न घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको छ । विपन्न प्रतिघर परिवारलाई १५ केजि चामल ,डेढ किलो दाल , १ लिटर तेल ,१ किलो नुन र एक थान साबुन वितरण गरिएको युनाइटेड इङलिस बोर्डिङ स्कुलका संचालक राम कृष्ण खनालले वताउनु भयो । राहत सामाग्री बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष हुमनाथ आचार्य ,वडा सदस्यहरु गोपाल नेपाल ,कन्है थारु,दिपा हरिजन लगायत विभिन्न समाजसेवी ,बुद्धिजीवीहरुको रोहवरमा वितरण गरिएको थियोे । बुटवल उपमहानगरपालिका १८ का अति विपन्न घर परिवारलाई राहत सामाग्री वितरण गर्नको लागि सहयोगी दाताहरु युनाइटेड इङलिस बोर्डिङ स्कुल ,पर्वत इट्टा उद्योग , लगाएत विभिन्न समाज सेविहरु रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.