Jilla Ban Notis

माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) नवलपरासीको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न ।

0 165

रामु भुसाल

बर्दघाट,माघ–१८

माध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) कार्य समिती नवलपरासी बर्दघाट सुस्ता पश्चिमको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार भुमहीमा सम्पन्न भएको छ । हिस्टुनका जिल्ला अध्यक्ष शिव प्रसाद पौडेलको अध्यक्षता तथा हिस्टुनका केन्द्रिय उपाध्यक्ष दिपक अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले यो संस्था पेसागत वृद्धि विकासमा लाग्दै अगाडी बढेको बताउदै राज्यले निमार्ण गरेको शिक्षा नितीले उच्च माध्यमिक तहका बिद्यालय तथा सो तहमा कार्यरत शिक्षक शिक्षिकाहरुलाई नसमेटेको र शिक्षा निती परिमार्जन गर्न जरुरी रहेको बताउनु भयो । कार्यक्रममा शिक्षण महासघं नवलपरासीका जिल्ला अध्यक्ष यार मोहम्द खान, शिक्षक संघका जिल्ला अध्यक्ष भविश्वर पाण्डेय, सुनवल नगरपालिका वडा नं १२ का वडा अध्यक्ष यमलाल पाण्डेय, प्याप्सन नवलपरासीका जिल्ला उपाध्यक्ष डम्मर गुरुङ्ग लगाएतले मन्तव्य राख्नुभएको थियो ।

हिस्टुनका उपाध्यक्ष पशुपति चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव पुराण गडुरुङ्गले गर्नुभएको थियो । सो अवसरमा सम्पन्न अधिवेशनले आगामी २ बर्षका लागी प्रेम सापकोटाको अध्यक्ष्यतामा १३ सदस्य नया कार्यसमिती समेत सर्वसम्मत चयन गरेको छ र जसको उपाध्यक्षमा पुराण गुरुङ्ग, सचिव टंक प्रसाद शर्मा, सह सचिव कम्लेस गुप्ता, कोषध्यक्ष जिवलाल पराजुली, सहकोषध्यक्ष गणेश अर्याल लगाएत रहनुभएको छ भने शिव शर्माको सम्योजक्त्वोमा ५ सदस्य लेखा समिती समेत चयन गरीएको छ ।

Leave A Reply

Your email address will not be published.