Jilla Ban Notis

माधव नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय

ओली नेतृत्वको नेकपाद्धारा ज्ञवालीलाई प्रवक्तामा नियुक्त ।

0 15

बर्दघाट,पुष–७

प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाउने निर्णय गरेको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयां अध्यक्षमा माधवकुमार नेपाललाई चयन समेत गरेको छ ।
आज काठमाडौंमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिएकाछन् । बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।
यता
मंगलबार नै काठमाडौंमा बसेको ओली समुहको बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई मंगलबार देखि नेकपाको प्रवक्तामा नियुक्त गरेको छ । बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले पार्टीको प्रवक्तामा नियुक्त गरेको हो ।
बालुवाटारमा भएको केपी ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादी तर्फका नेता टोपबहादुर रायमाझीलाई पहिलो वक्ता बनाइएको थियो । ओलीले अध्यक्षता र महासचिव विष्णु पौडेलले संचालन गरेको बैठकको शुरुमै रायमाझीलाई स्वागत मन्तव्य व्यक्त गर्न समय दिइएको एक केन्द्रीय सदस्यले बताएका छन् ।
बैठकमा सहभागीहरुलाई स्वागत गर्दै स्थायी कमिटी सदस्य रायमाझीले अफ्नो पार्टीको अध्यक्षले नेतृत्व गरेको सरकारलाई घेराबन्दी गरेर पार्टी फुटाउने काम प्रचण्डले नै गरेको बताएका थिए। रायमाझीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने– यस्तो संसारमा कही‌ पनि हुंदैन ।

Leave A Reply

Your email address will not be published.