Jilla Ban Notis

माघे संक्रान्ती मगर सास्कृतिक महोत्सवको प्रदेश ५ का सभामुख घर्तिद्वारा समुद्घाटन

0 86

मुक्ती तिवारी
२०७६माघ १

नवलपरासीको बर्दघाट नगरपालिका वडा न.१४ धर्मबस्तिमा आयोजना गरिएको माघे संक्रान्ती दोस्रो मगर सास्कृतिक महोत्सवूको प्रदेश नम्बर ५ का सभामुख पुर्ण बहादुर घर्तिले बुधबार  विशेष कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ। महोत्सव माघ १ देखि ३ गते सम्म सन्चालन हुने छ। आज पहिलो दिनको कार्यक्रम महोत्सव संयोजक रितमान कामुको अध्यक्षता तथा प्रदेश ५ का सभामुख पुर्ण बहादुर घर्तीको प्रमुख आतिथ्यतामा सन्चालन गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख पुर्ण बहादुर घर्तिले सस्कृती परम्परा र मौलिकतालाई अगाल्दै समुदायको उन्नती प्रगती र सामाजिक बिकासमा सबै जात जाती सबै समुदायहरु एक भएर अघि बड्नु पर्ने बताउनु भयो।मगर समुदायको शारीरिक बनावट मात्रै उनिहरुको पहिचान भन्ने गलत धारणा रहेको बताउदै सभामुख घर्तिले परापुर्वकाल देखीनै मगर लगायत सबै समुदायको आ आफ्नै भासा शैली धर्म,मौलिकता रहने रहएकाले सबैले सबैको अस्तित्व र आस्थालाई स्विकारेर सामजिक सहिष्णुता कायम गर्नुपर्नेमा जोड दिनु भयो।ईतिहासलाई सम्मान गर्दै नकारात्मक कुराहरुलाई आगामी पुस्ताले चिर्दै सुसस्कार र सस्कृतिको पहिचान लिएर भावी पुस्ता अघि बढ्नु पर्ने धारणा ब्यक्त गर्नु भयो।त्यसैगरी कार्यक्रममा बोल्दै मगर संघ प्रदेश९५ का अध्यक्ष बिमल सारु मगरले प्राचीनकाल देखि नै मगरहरुको मुल चाड नै माघी संक्रान्ती रहेको बताउनु भयो।आदिबासी जनजाति को सम्मानमा प्रदेश ५ ले सार्वजनिक बिदा दिएको प्रती आफू निकै आभारी रहेको बताउदै उहाले प्रदेश नामाङ्करणमा मगर समुदायको बाहुल्यतासगै यस क्षेत्र को चिनारि लुम्बिनी समेत समेटिनु पर्ने बताउनु भयो।राज्यका प्रशानिक तथा राजनितिक क्षेत्रमा आदिबासी जनजाती समुदायको सहभागिता न्यून रहेकाले समाबेसी प्रणाली अनुरुप सबै समुदायको राज्य सम्यन्त्र मा समान उपस्थितिरहनु पर्ने मा उहाको जोड रहेको थियो।

त्यसैगरी कार्यक्रममा बोल्दै विशेष अतिथि बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा बस्यालले सबै समुदायले आफ्नो कला सस्कृतिको संरक्षण गरि धार्मिक सास्कृतीक अस्तित्वलाई स्विकार गरि विविधता भित्र सहिष्णुता कायम गर्न सकिने धारणा ब्यक्त गर्नु भयो।सभामुख घर्ती लगायन अन्य अतिथिहरुले महोत्सव स्थलमा बनाईएका मगर समुदायका परम्परागत मौलिक आकृतिका घरहरु,खानाका परिकार बिबिध सास्कृतिक पहिचान झल्किने कलाकौशल को समेत अवलोकन गर्नु भएको थियो।

कार्यक्रममा बर्दघाट १४ का अध्यक्ष केशव खत्री ,जिल्ला महिला संघ अध्यक्ष कमला पराजुली,नेकपा प्रदेश कमिटी सदस्य बृहस्पति अधिकारी,संविधान सभा सदस्य सीता बौडेल,नेपाल मगर संघ प्रदेश९५का सचिवालय सदस्य तेजेन्द्र पुर्जा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो।कर्यक्रम मा बोल्ने बक्ताहरुले सबैले सबिको धार्मिक,सास्कृतिक अस्तित्व र पहिचानलाई स्विकार गरि अघि बढ्नुपर्नेमा जोड दिए।आज पहिलो दिन स्थानिय सहित विभिन्न ठाउहरुबाट अवलोकन मा आउने दर्शक हरुको उल्लेखनीय सहभागीता रहेको थियो।भने बिनिन्न राजनैतिक दलका प्रतिनिधि,स्थानिय,संघसस्थाका प्रतिनिधि लगायत सन्चारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रम को सहभागिता रहेको थियो।कार्यक्रमको संचालन नेपाल आदिवासी जनजाती पत्रकार महासंघ पश्चिम् नवलपरासीका अध्यक्ष श्याम थापाले गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.