Jilla Ban Notis

माकर बहुमुखि सहकारी संस्था बर्दघाटको २२औं वार्षीक साधारण सभा सम्पन्न् ।

0 35

कृष्ण ढकाल
बर्दघाट,पुष–१७
माकर बहुमुखि सहकारी संस्था बर्दघाटको २२ औं वार्षीक साधारण सभा आज सम्पन्न् भएको छ । संस्थाका अध्यक्ष शिवलाल कंडेलको अध्यक्षता र जिल्ला सहकारी संघका उपाध्यक्ष वृहस्पति अधिकारीको प्रमुख आतिथयतामा सम्पन्न् भएको हो ।
संस्थाका उपाध्यक्ष रामकिसुन चौधरीको स्वागत मन्तब्यवाट शुरुभएको सभामा संस्थाका कोषाध्यक्ष रमेश बस्यालले आर्थिक प्रतिवेदन,अध्यक्ष कंडेलले प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षक संयोजक कृष्ण प्रसाद चालीसेले लेखा सुपरिवेक्षक प्रतिवेदन प्रस्तुत् गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले माकर बहुमुखि सहकारी संस्था फरक धारको सहकारी भएको र सबै भन्दा जेठो सहकारी त्यसैमा पनि प्रसस्त भूमि भएको सहकारी भएकाले भूमिको अधिक्तम सदुपयोग गर्दै नयां योजनाका साथ अघिबढ्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । उहांले पछिल्लो समय केहि ब्यवसायिक भवन वनाएर नगरका कृषकहरुको उत्पादनलाई बजारी करण गर्ने तर्फ लागि परेको समेत बताउनु भयो ।

कार्यक्रममा सहकारी संघ बर्दघाट नगर संजालका अध्यक्ष पुन्य प्रसाद पौडेल,बाल्मिकी दुग्धसहकारी संघका अध्यक्ष सूर्यनाथ अधिकारी,दिब्य ज्योती बहुमुखि क्याम्पस ब्यवस्थापन समितिका पूर्व अध्यक्ष हिमलाल ज्ञवाली लगाएतकाले बोल्नु भएको थियो । सो अवसरमा वोल्ने बक्ताहरुले कृषीको बजारी करण गर्न नगरका सहकारीहरु मिलेर नयां योजनाका साथ अघि बढ्न जरुरी रहेकोमा जोड दिएका थिए भने उनीहरुले माकर बहुमुखि सहकारी संस्था बर्दघाटले प्रदान गरेको सेवा प्रभावकारी नभएको टिप्णी गरेका थिए ।

२०३३ सालमा स्थापना भएको बर्दघाट क्षेत्रकै मात्रृसंस्थाका रुपमा रहेको माकर बहुमुखि सहकारी संस्थामा अहिले सम्म आई पुग्दा ३ सय ३५ जना शेयर सदस्य बनाउन सफल भएको छ । त्यसैगरी संस्थामा अहिले कुल शेयर पुंजी १३ लाख २७ हजार ३ सय रहेको छ भने संस्थागत पुंजी ८२ लाख ९५ हजार८ सय ५९ रुपैया रहेको छ ।
संस्थामा असार मसान्त सम्म वचत निक्षेप १७ लाख ६९ हजार ६ सय २९ रुपैया रहेको वार्षीक साधारण सभामा कोषाध्यक्ष रमेश बस्यालले प्रस्तुत् गरेको वार्षीक प्रतिवेदनमा उल्लेख गरेको छ ।

Leave A Reply

Your email address will not be published.