Jilla Ban Notis

महिला उद्यमी केन्द्र संचालन तथा व्यवस्थापन समिति सुनवलको बैठक सम्पन्न ।

0 69

अमृता सुनार

सुनवल,२९ पुस

महिला उद्यमी केन्द्र संचालन तथा व्यवस्थापन समिति सुनवल १ नवलपरासीको बैठक आज वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष मिना पाण्डेको अध्यक्षता तथा सुनवल वडा नं १ का वडा अध्यक्ष बिन प्रसाद बुढाथोकिको प्रमुख आतिथ्यता एवं कार्यपालिका सदस्य शान्ता भण्डारी र वडा सदस्य मनबहादुर थापा, बालकुमारी परियार लगायतको उपस्थितिमा बैठक सम्पन्न भएको हो । सम्पन्न बैठकले आव २०७६÷७७को कार्ययोजना तर्जुमामा सुनवल नगरपालिका बाट प्राप्त निर्देशन पत्र अनुसार महिला उद्यमी केन्द्र द्धारा ३० जना उत्कृष्ठ उद्यमीलाई ३ महिने एडभान्स सिलाई कटाई तालिम प्रदान गरिने निर्णय गरेको छ । यसैगरि ३० जना महिलालाई ३ महिने बेसिक सिलाई कटाइ तालिम प्रदान गरिने निर्णय गरेको छ । यसैगरि बैठकले महिला उद्यमी केन्द्रमा बिधुतीकरण, खानेपानि धारा समेत जडान गर्ने पनि निर्णय गििरएको वडा सदस्य मनबहादुर थापाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.