Jilla Ban Notis

महिलाहरुको स्तन र पाठेघर क्यान्सर परिक्षण

0 22

पप्पु रेग्मी

बर्दघाट, चैत्र २८ गते

महिलाहरुको स्तन र पाठेघर क्यान्सर परिक्षण तथा शरिरको अन्य भागको क्यान्सर सम्बन्धी परिक्षणका लागि निशुल्क स्वास्थ्य शिविर बर्दघाट वडा नम्बर ९ सम्पन्न भएको छ । पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेड र विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको आयोजनामा शिवर संचालन भएको हो । शिविरको उद्घाटन नगर प्रमुख धिरज शर्मा बस्यालले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका नगर प्रमुख बस्यालले महिलाहरुमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर सम्बन्धी समस्या बढि देखिने गरेका कारण बर्दघाट नगरपालिकाले सबै महिलाहरुलाई चेकजाँचका लागि सहज होस भनी स्वास्थ्य शिविर संचालन गरेको बताउनुभएको थियो । समयमै परिक्षण गरेमा क्यान्सर संका लाग्नासाथ उपचार सुरु गरे यो रोग निको हुने भएकोले यस्ताखालका समस्या भए नलुकाउनका लागि महिला दिदीबहिनीहरुलाई बस्यालले आग्रह समेत गनुृभएको थियो । समय समयमा रोगनै नलागे पनि स्वास्थ्य परिक्षण गर्ने गरेमा कुनैपनि रोगले एक्कासी थला नपार्ने भएकोले आफ्नो स्वास्थ्यप्रति गम्भिर हुन पनि बस्यालले आग्रह गर्नुभएको थियो ।शिविरमा प्राविधिक सहयोग वि पि कोईराला मेमोरियल क्यान्सर अस्पताल चितवनको रहेको थियो । क्यान्सर अस्पतालबाटै आएका चिकित्सकहरुको टोलीले महिला दिदीबहिनीहरुको स्वास्थ्य परिक्षण गरेका हुन् । विहान ८ बजे बाट सुरु भएको शिविर साँझ ५ बजे सम्म संचालन भएको थियो । शिविरमा ६ सय जनाले स्वास्थय परिक्षण गराएका छन् ।

शिविर पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्थाकी अध्यक्ष लोमा वाग्लेको अध्यक्षतामा भएको थियो ।

हुमिसरा थापाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल आमा समुह बर्दघाट ४ नवलपवरासीको ५ औं अधिवेशन शनिवार समुहको सभाहल बर्दघाटमा सम्पन्न भएको छ । सो अधिवेशन बाट हुमिसरा थापाको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

जसको उपाध्यक्षमा रेनुका खत्री, सचिवमा मनिशरा मश्राङ्गी, कोषाध्यक्षमा सुन कुमारी श्रेष्ठ र सह सचिवमा चुत्र कुमारी तिवारी चयन हुनुभएको छ । त्यसै गरि सदस्यहरुमा क्रमश डिला देवी घिमिरे, मिरा शर्मा, विष्णु कुमारी गैरे, अमला कुमारी सुनार, विना थापा र देवी जिसी क्षेत्री रहनु भएको छ । सस्ंथालाई सहयोग गर्नुहुने पुर्व पदाधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासी (बसु्प) का कार्य समिति सदस्य पप्पु रेग्मी र भैलो समितिमा रहेका सम्पुर्णलाई सम्मान समेत गरिएको थियो ।

अधिवेशन उद्घाटन सत्रमा राधिका सापकोटाको अध्यक्षता र संविधान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन दिल कुमारी कुँवरले गर्नु भएको थियो भने गिता भट्टराईको स्वागत मन्तब्य रहेको थियो ।

सहकार्यका लागि सहयात्री समुहको प्रथम साधारणसभा सम्पन्न

सहकार्यका लागि सहयात्री समुह बर्दघाट ७ जिमिरेभारको प्रथम साधारणसभा शनिवार जिमिरेभारमा सम्पन्न भएको छ । समुहका अध्यक्ष नोशन सुवेदीको अध्यक्षता र वडा नम्बर ७ को महिला वडा सदस्य कविता रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले महिलाहरु एकजुट भएर संस्थामा आवद्ध भएर अगाडि बढेकोमा खुसी ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा त्रिनेत्र आध्यात्मिक चिन्तन केन्द्रका केन्द्रिय अध्यक्ष नवराज श्रेष्ठ, उद्यमी महिलाको तर्फबाट शान्ति लुईटेल, ग्रिन तारा नेपालकी स्वास्थ्य कर्मी रेखा अधिकारी रेग्मी , संस्थाका सदस्य सिता सापकोटा लगायतले मन्तब्य ब्यक्त गनुृभएको थियो ।

संस्थाका अध्यक्ष नोसन सुवेदीले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष आरती नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव बुद्धिमाया अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तब्य सह कोषाध्यक्ष सरिता कार्कीले गर्नुभएको भयो ।

Leave A Reply

Your email address will not be published.