Jilla Ban Notis

महर्षी बचत तथा ऋण सहकारी संस्था सुस्ताको अध्यक्षमा ः डिल्लीराम काफ्ले

0 127

कृष्ण ढकाल
बदृघाट,भदौं–१८

महर्षी बचत तथा ऋण सहकारी संस्था सुस्ताको १३औं वार्षीक साधरण सभा तथा पाँचौं नेतृत्व चयन कार्यक्रम सम्पन्न् भएको छ । शनिवार भएको उक्त सभाले डिल्ली राम काफ्लेको नेतृत्वमा ११ सदस्य नयां कार्य समिति चयन गरेको छ ।

जस्को उपाध्यक्षमा सागरमणी पाण्डे र सचिवमा ईश्वर प्रसाद उपाध्याय रहनु भएको छ भने कोषाध्यक्षमा केशव ज्ञवाली रहनु भएके छ । त्यसैगरी सदस्यहरुमा दिपकराज गैरे,होम लाल न्यौपाने,रामचन्द्र भारती,गोविन्द गैरे,सुकनारायण पाण्डे,पूर्णकला पाठक र सुरेन्द्र प्रसाद गुप्ता रहनु भएको छ ।

सभाले संस्थाको लेखा समिति संयोजकमा शैलेन्द्र कुमार शर्मालाइ चयन गरेको छ भने सदस्यमा राम नयन कोईरी र अमृत प्रसाद उपाध्यायलाई चयन गरेको निर्वाचन मण्डलका संयोजक बिष्णु प्रसाद ढकालले जानकारी दिनु भएको छ ।

संस्थाको सुस्ता–२ महलवारीको नवदुर्गा तथा योगाश्रमको सभाहलमा भएको संस्थाको वार्षीक साधारण सभा संस्थाका अध्इक्ष डिल्लीराम काफ्लेको अध्यक्षता र सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायको प्मुख आतिथ्यतामा सम्पन्न् भएको थियो ।

सभामा आर्थिक बर्ष ०७८/०७९ मा संस्थाले ८ करोड ८५ लाख ४६ हजार ७ सय ६ रुपैया कारोबार गरेको र संस्थाले गत आर्थिक बर्ष ०७८/०७९ मा कुल २९ लाख ५५ हजार ९ सय ६५ रुपैया शुद्ध मुनाफा गरेको जानकारी गाईएको थियो ।

Leave A Reply

Your email address will not be published.