Jilla Ban Notis

मन्त्री उपस्थित कार्यक्रममा पत्रकारलाई निषेध ।

0 17

परासी,जेष्ठ–६
आज नवलपरासीमा भएको कार्यक्रममा पत्रकारलाई प्रवेश गर्न दिईएन् । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको उपस्थितिमा भएको कार्यक्रममा पत्रकारलाई रोक लगाईएको थियो । मन्त्री आउने सूचना पाएर विहान ९ बजे कार्यक्रम स्थलमा पुगेका पत्रकारलाई गेटमा रहेका प्रहरीले रोकेर पत्रकारलाई छिर्न नदिने आदेश भएकोले बाहिरै बस्नुस भनी गेटबाटै फर्काएका थिए । कार्यक्रम रामग्राम नगरपालिका कार्यालयको सभाहलमा भएको थियो ।
कोरोना नियन्त्रणका लागि अग्रपक्तिमा रहेर समाचार सम्प्रेषण गर्दै आएका पत्रकारलाई उक्त कार्यक्रममा प्रवेश नदिएपछि पत्रकारहरुले उक्त कार्यक्रम बहिस्कार गरी फर्किएका थिए । यता जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले मन्त्री आउने भन्दै पत्रकारलाई निमन्त्रणा गरेका थिए । यसरी पत्रकारहरुलाई बोलाएर प्रवेशमा रोक लगाएको प्रति पत्रकारहरुले गम्भीर भत्र्सना गरेकाछन्् । रिर्पोटीङ्मा गएका पत्रकारलाई प्रवेशमा निषेध गरिएपछि उक्त कार्यक्रमको समाचार सम्प्रेषण गर्नुको कुनै अर्थ नरहने भन्दै यसप्रकारका समाचार वहिस्कार गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष हरि शर्माले बताउनुभयो ।
यता कार्यक्रममा पत्रकारलाई प्रवेश गर्न रोक लगाउने आदेश प्रमुख जिल्ला अधिकारीले दिएको बताईएको छ । लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउन नसकेको भन्दै आरोप खेप्दै आएका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको यो आदेशलाई रहस्मय लिएको छ । कार्यक्रममा मन्त्रीसहित प्रदेशसभा सदस्य, जिसस प्रमुख, सातै स्थानीय तहका प्रमुख, सिडिओ, स्वास्थ्य कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, पृथ्वीचन्द्र अस्पतालका डा.मोहमम्द नुरुल होदा लगायतको सहभागिता रहेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.