Jilla Ban Notis

मन्त्री अब्दुल खांनद्धारा बर्दघाट खानेपानी आयोजना अवलोकन

सर्बशुलभ तरीकाले शुद्ध खानेपानी उपलब्ध गराउने ः मन्त्री खांन

0 108

कृष्ण ढकाल
बर्दघाट,माघ–१७
नेपालका सबै नागरीकहरुलाई सर्बशुलभ तरीकाले शुद्ध खानेपानी उपलब्ध गराउने र खानेपानी अभाव भएका देशहरुमा नेपालको खानेपानीको निर्यात गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित भएको संघिय खानेपानी मन्त्री अब्दुल खांनले बताउनु भएको छ ।

मंगलवार विहान पश्चिम नवलपरासी जिल्लाको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले संचालन गरेको आयोजना अवलोकनका लागि आउनु भएका मन्त्री खांनले
संस्थाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
मन्त्री खांनले नेपालका पहाडी ,हिमाली र तराईको बोडर क्षेत्रका कतिपय स्थानमा अझैपनि खानेपानीको समस्या रहेको बताउदै त्यसको निराकरणका लागि सरकार लागिपरेको बताउनु भएको थियो ।

संघिय खानेपानी तथा ढल विकास आयोजनाका प्रमुख विनोद कुमार भुजेल लगाएतको टोलीले आयोजना अवलोकन गरेको थियो । सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष धातानन्द बस्यालले केहि दिनमै एक घर एक धाराको लक्ष्य पुराहुने जानकारी गराउनु भएको थियो ।

संस्थाले आफ्नो सेवाक्षेत्र भित्रका सबै घरधुरीमा उपभोक्ताहरुको एक घर एक धार बनाउनकै लागि संघिय खानेपानी तथा ढल विकास आयोजना मार्फत १८ महिना अघि ७ करोड १० लाखको लागतमा संस्थाको १० प्रतिशत लागत सहभागिता रहनेगरी थप आयोजना निमार्ण गरीरहेको छ । बर्दघाट–४ बाढीपिडितमा निमार्ण भैरहेको २५ ए.पि.एस. क्षमताका डिपबोरीङ्ग सहितको खानेपानी टंकी ,वाल निमार्ण र पाईप विस्तारको काम सम्पन्न् गर्ने सम्झौता मिति भोली माघ १८ गते सकिने संस्थाका उपाध्यक्ष दिपक लम्सालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.