Jilla Ban Notis

मनोपरामर्स दिनजरुरी ः मन्त्री वराल

0 39

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२१

सेल्फ होम क्वारेन्टाईन तथा क्वारेन्टाईनमा रहेका व्यक्तिहरु , चिकित्सक, सुरक्षाकर्मीहरुलाई मनोपरामर्स दिन जरुरी रहेको प्रदेश न.ं ५ का सामाजिक विकास मनत्री सुदर्शन वरालले बताउनु भएको छ । आईतवार सामाजिक दुरी कायम गरी सामाजिक विकास मन्त्रालयमा बसेको बैठकमा वोल्दै मन्त्री वरालले सो कुरा बताउनु भएको हो । सोही क्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा वालवालिका, महिला, जेष्ठ नागरिक, अपाङगता भएका व्यक्तिहरुको शुरक्षाको लागि मन्त्रालयले विशेष चासो र प्राथमिकता दिएको जानकारी गराउनु भएको थियो ।
सो अवसरमा मन्त्रालयका सचिव डा. गोपिकृष्ण खनाल, अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरी, सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल बेल्वासे, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी लगायतले महामारीको बेलामा शुरक्षा र संरक्षणको लागि विषयगत समिति आवश्यक रहेकोमा जोड दिनुभएको थियो । त्यसैगरी उक्त बैठकले प्रदेश नं ५ मा राष्ट्रीय विपद प्रतिकार्य कार्य ढाचा –२०७० बमोजिम प्रदेश स्तरीय संरक्षण विषयगत क्षेत्र समिति गठन गरेको छ ।

Leave A Reply

Your email address will not be published.