Jilla Ban Notis

मनरीमा सामुदायिक भवन हस्तान्तरण,स्थानीयमा खुसियाली

0 17

उमेश बि.क
सरावल ,१७ साउन
नवलपरासीको सरावल गाउँपालिका वडा नं। २ मनरीमा सामुदायिक भवन उदघाटन तथा हस्तान्तरण गरिएको छ। सरावल गाउँपालिकाको आर्थिक सहयोगमा आर्थिक बर्ष २०७६र०७७ मा १० लाख बिनियोजित रकमबाट नवनिर्मित १ कोठे भवन हस्तान्तरण गरिएको हो।  भवन निर्माण समितिका अध्यक्ष सन्जय चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता एवम गाउँपालिका उपाध्यक्ष उत्तमा रायको बिशिस्ट आथिथ्यतामा एक कार्यक्रम बिच भवन उदघाटन गरि श्रीराम युवा प्रतिष्ठानका अध्यक्ष सन्जय चौधरीलाई चाबि हस्तान्तरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले विकास निर्माणमा सबैको हातेमालो आवश्यक रहेको बताउदै नवनिर्मित भवनको संरक्षण र सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
सामुदायिक भवन उटघाटन तथा हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पौडेल,श्रीराम युवा प्रतिष्ठानका अध्यक्ष सन्जय चौधरी,समाजसेवी केशव चौधरी,गिरधारि चौधरी,दुधराज चौधरी,कृपाकौशल चौधरी,चक्रमणि चौधरी लगाएतको उपस्थिति रहेको थियो। नवनिर्मित भवन पाएपछि स्थानीयमा खुसियाली ब्यक्त गरेका हुन ।

Leave A Reply

Your email address will not be published.