Jilla Ban Notis

मदिरा ब्यवसायि संघ नवलपरासीको आयोजनामा भुमहीमा  कर शिक्षा तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

0 24

उर्मिला यादव यात्री
भुमही,मंसिर ६
मदिरा ब्यवसायि संघ नवलपरासीको आयोजनामा आज सुनवल १२ भुमहीमा  कर शिक्षा तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मदिरा ब्यवसायि संघ नवलपरासीका अध्यक्ष  मुक्ति प्रसाद श्रेष्ठको अध्यक्षता तथा  आन्तरिक राजस्व कर कार्यालय बुटवलका  प्रमुख धुब्रराज ज्ञवालीको प्रमुख आथित्यतामा  कार्यक्रम सम्पन्न भएको हो । पश्चिम नवलपरासी जिल्ला भरीका करीब एक सय पचास जना मदिरा ब्यवसायिहरुको सहभागिता रहेको कार्यक्रममा आन्तरिक राजस्व कर कार्यालय बुटवलका  अधिकृत मन्जु पोखरेल , अधिकृत  लेखनाथ रेग्मी लगायतले प्रशिक्षण दिनु भएको थियो । पश्चिम नवलपरासी जिल्लामा रहेका मदिरा ब्यवसायिहरुमा कर सम्बन्धी जनचेतना जगाउने उदेश्यले कर शिक्षा तथा अन्तक्रिया कार्यक्रम गरीएको मदिरा ब्यवसायि संघ नवलपरासीका अध्यक्ष  मुक्ति प्रसाद श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रममा उद्योग बाणिज्य संघ पश्चिम नवलपरासीका अध्यक्ष केशव भण्डारी , सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्मचार्य , नवलपरासी जिल्ला भरीका मदिरा ब्यवसायी , बिभिन्न बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी , पत्रकार लगायत सरोकार वाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.