Jilla Ban Notis

मदारबाबाको एम्बुलेन्सले कोरोना संक्रमित, विपन्न र अपांगता भएकालाई निःशुल्क सेवा दिने

0 20

परासी, ८ असोज

मदरबाबा मेला सञ्चालन गर्दै आएको कुतबुल मदारशाह दरगाह कमिटी सुस्ता–२नवलपरासीले कोरोना संक्रमित, अपाङ्गता भएका, गरीब,असहाय तथा विपन्न नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

कमिटीको आज परासीमा बसेको बैठकले उक्त निर्णय गरेको कमिटीका संरक्षक पिठाधिस अमिरुल्लाह अन्सारीले जानकारी दिनुभयो । भारत सरकारको सहयोगमा विगत पाँच महीना देखि कमिटीेले एम्बुलेन्स सञ्चालन गर्दै आएको छ । आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट विपन्न नागरिकको अकालमा ज्यान गुमाउने परिस्थिती नआओस भन्नका लागि आफूहरुले ती वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको सल्लाहकार बुद्धनअलिले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.