Jilla Ban Notis

मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाईयो ।

0 189

कृष्ण ढकाल
बर्दघाट,मंसीर–३
नवलपरासी निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) अन्र्तगत बर्दघाट नगरपालिका वडा नं. १३ मा रहेको दुर्गा माबि मझौनीको (क)केन्द्र का मतदान अधिकृतलाई आज जिम्मेवारीबाट हटाईएको छ ।
डिभिजन वन कार्यालय नवलपरासीका साहायक वन अधिकृत श्याममणी प्रसाद मण्डलले मादक पदार्थ सेवन गरी आचरण विपरितको काम गरेको पाईएपछि उनलाई जिम्मेवारीवाट हटाईएको थियो ।

निर्वाचन अधिकृतको कार्यालय बर्दघाटमा भने मण्डलको स्वास्थ्य अवस्थाका कारण देखाएर मतदान स्थलवाट मुचुल्का पेशभएकाले श्याममणी प्रसाद मण्डललाई जिम्मेवारीवाट हटाएर साहायक मतदान अधिकृत नवराज शर्मा चापागाईलाई मतदान अधिकृतको जिम्मेवारी प्रदान गरीएको निर्वाचन अधिकृतको कार्यालय बर्दघाटका साहायक निर्वाचन अधिकृत तिलक पौडेलले जानकारी दिनु भएको छ ।
दुई दिन अगाडी निर्वाचन समाग्रि बुझ्ने दिन पनि एक जना मतदान अधिकृत मादक पर्दाथ सेवन गरी निर्वाचन अधिकारीहरुसंग झगडा गर्न खोजेपछि जिम्मेवारीबाट हटाएर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Leave A Reply

Your email address will not be published.