Jilla Ban Notis

मतदाता शिक्षा स्वयमसेवकहरुले आयोगले दिएको जिम्मेवारीलाई वास्ता गरेनन् ।

0 46

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२२
निर्वाचन अधिकृतको कार्यालयले खटाएका मतदाता शिक्षा स्वयमसेवकहरुले आयोगले दिएको जिम्मेवारीलाई बेवास्ता गरेको पाईएको छ । आयोगले खटाएका मतदाता शिक्षा स्वयमसेवकहरुको अनुगमन गर्ने क्रममा यस्तो पाईएको हो ।

आगामि मंसीर ४ गते हुने निर्वाचनका लागि नवलपरासी निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले खटाएका मतदाता शिक्षा स्वयमसेवकहरुको खोजी गर्ने क्रममा आयोगले दिएको जिम्मेवारीलाई बेवास्तागरी आफ्नो कार्यालयकै काम गरेर बसेको पाईएको छ ।

नवलपरासी निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले बर्दघाट नगर क्षेत्रमा प्रत्येक वडा कार्यालय मार्फत एक ÷एक जना कर्मचारी माग गरी वडामा मतदाता शिक्षा प्रदान गर्ने मतदाता शिक्षा सामाग्रीहरु दिएर पठाएको थियो ।

खटाएका मतदाता शिक्षा स्वयमसेवकहरुसंग बुझदा उनीहरुले अफिसकै कामले ब्यस्त रहेको र आफुहरुले लगेको मतदाता शिक्षा सामाग्रीहरु केहि आफ्नो टोलमा बांढेको र बांकी आफ्नै घरमा रहेको प्रतिक्रिया दिनु भएको छ ।

उहांहरुले सबैलाई थाहा छ भन्दै अब एक दुई दिनमा शुरु गरेर वडामा सक्ने छु भन्दै प्रतिक्रिया दिनु भएको छ । मतबदरको संख्या शुन्यमा झार्ने योजनाका साथ निर्वाचन आयोगले खटाएका
जिम्मेवार ब्यक्तिहरु नै गैर जिम्मेवार बनेर आयोगको रकममा सक्ने प्रवृत्तिले आयोगले लिएको स्वच्छ, स्वतन्त्र, विश्वसनीय, मर्यादित, मितव्ययी र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न् गरी मतबदरको संख्या शुन्य गर्ने योजना बिचमा नै अलपत्र पर्ने देखाएको छ ।

अनेरास्ववियु मतदाता शिक्षामा ब्यस्त

नेकपा एमाले निकटको अनेरास्ववियुले जिल्लाका विभिन्न स्थानमा मतदाता शिक्षा स्वयमसेवकहरु खटाएको छ । खटिएका मतदाता शिक्षा स्वयमसेवक विद्यार्थी नेताहरुले आगामि मंसिर ४ मा हुने निर्वाचनमा कसरी मतपत्रका भोट हाल्ने भन्ने विषयमा जानकारी दिदै हिडिरहेका छन् । आज मात्र बर्दघाट–२ आम्वास क्षेत्रमा पुगेर उनीहरुले सो क्षेत्रका मतदाताहरुलाई मतदान शिक्षा प्रदान गरेको अनेरास्ववियुका जिल्ला नेता जि.आर. भट्टराईले जानकारी दिनु भएको छ ।

नेकपा माओवादी (बहुमत)चुनाब बहिस्कार

नेकपा माओवादी (बहुमत)ले अहिलेको संसदिय ब्यवस्थाको निर्वाचनलाई बहिस्कार गर्नु पर्ने भन्दै ठााउ ठाँउमा पर्चा पम्पिलेट गरेको छ । नवलपरासी जिल्लाको बर्दघाट–२, चिसापानी क्षेत्रको विभिन्न स्थानमा सो समुहले निर्वाचन विरोधि पोष्टरहरु टाँसेको छ ।

Leave A Reply

Your email address will not be published.