Jilla Ban Notis

भ्रमण वर्ष सफल पार्न नवलपरासीमा  सास्कृतिक समूह गठन

0 10

गौरी शंकर जयसवाल

परासी, १८ पुस

पश्चिम नवलपरासीमा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सास्कृतिक पर्यटन प्रवद्र्धन समूह गठन गरिएको छ । जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिको आयोजनामा आज परासीमा जिल्लाका कलाकारहरुसँग गरिएको छलफल कार्यक्रमबाट सास्कृतिक समूह गठन गरिएको हो । समूहको संयोजकमा कलाकार अशोक श्रेष्ठ र सहसंयोजकमा लोकदोहोरी गायक भरत क्षेत्री रहनुभएको छ । १५ सदस्यीय उक्त समितिमा कलाकारहरु पुष्पा लामा, पवन मौर्य, चक्रमणी चौधरी, ऋचा नेपाली, राजकुमार श्रेष्ठ, कृष्ण पाण्डे, राकेश गुरुङ्, अमृत्ता गैरे, दीपु परिवार, पुजा सुनारी मगर, कृष्ण पाण्डे लगायत रहनुभएको छ ।सास्कृतिक समूहको माध्यमबाट जिल्लामा आउने आन्तरिक तथा बाह्रय पर्यटकलाई लक्षित गरी विभिन्न होटल तथा सार्वजनिक स्थानहरुमा दैनिक विविध सास्कृतिक प्रस्तुतिहरु प्रर्दशन गरी पर्यटक आकर्षण गर्ने लक्ष्य रहेको जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.