Jilla Ban Notis

भौतीक विकाससंगै धर्म,सस्कृती र सगिंतको पनि विकास गर्न जरुरी छ ः अध्यक्ष चौधरी

0 57

कृष्ण ढकाल
बर्दघाट,भदौ–१
भौतीक विकाससंगै धर्म,सस्कृती र सगिंतको पनि विकास गर्न जरुरी रहेको सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले बताउनु भएको छ ।

बुधबार बैदिक धर्म परिषद नेपाल जिल्ला शाखा पश्चिम नवलपरासीले आयोजना गरेको १५ दिने बाध्यबाधन भजन तालिमको समुद्घाटन गर्नेक्रममा अध्यक्ष चौधरीले उक्त कुरा बताउनु भएको हो ।
अध्यक्ष चौधरीले आफ्नो पालिकालाई सगिंतको माध्यमबाट चिनाउने, धर्म संस्कार रसंस्कृतिको संरक्षण गर्नका लगि आफुले कुनै पनि कन्जुसाई नगर्ने प्रतिवद्धता समेत जाहेर गनुृ भएको थियो ।

बैदिक धर्म परिषदका जिल्ला अध्यक्ष नारायण पाण्डेको अध्यक्षता र सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरावल गाउपालिकाकी उपाध्यक्ष बासमति हरिजन,विषयाु प्रसाद भट्टराई, देवेन्द्र शर्मा, पेउनारायण न्यौपाने, भिमा न्यौपाने, लगाएतले आ–आफ्नो मन्तब्य राख्नुभएको थियो ।

श्रुती संगितालय बर्दघाटका प्रमुख लोक जी मिजारले १५ दिन सम्म प्रशिक्षण दिनुहुने उक्त तालीम बैदिक धर्म परिषद ओम कारेश्वर शिव पञ्चायन मन्दिर जिल्ला कार्यालय सरावल १ बासाबसहीमा संचालन भएको छ ।

Leave A Reply

Your email address will not be published.