Jilla Ban Notis

भौतिक विकास र समृद्धिका लागि नेकपा एमालेलाई भोट दिन आवश्य छ ः दिपेन्द्र अधिकारी

0 72

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२८
नेकपा एमालेले नवलपरासी निर्वाचन क्षेत्र नं. २ ले आफ्नो क्षेत्रमा चुनावी प्रचार अभियानको घरदैलो कार्यलाई तिव्रता दिएको छ । आज सुनवलमा घरदैलो अभियान सम्पन्न वडा नं ३ र ५ मा पर्ने कीर्तिपुर (१ कीर्तिपुर( २ नदुवा चोक ,आसम्बसी चोक, देवकोटा चोक त्यसैगरी सुनवल वडा नं ५ वनकट्टी ,हर्दिया १ नं २, मिनी वनकट्टी लगायतका विभिन्न स्थानमा आज घरदैलो अभियान सम्पन्न भएको छ।
घरदैलो कार्यक्रमकै समयमा चोक चोकमा कोण सभा समेत सम्पन्न् भएका छन । आज भएका कोण सभालाई सम्बोधनगर्दै नवलपरासी क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र कुमार अधिकारीले अहिले जनता सबै सचेत र सजक भएको बताउदै अहिले देशको समृद्धि र राजनितिक निकासको आवश्यकतालाई मध्ये नजर गर्दे नेकपा एमालेका उमेदवारलाई जनताले विजयी गराएरै छाड्ने बताउनु भएको थियो । उहांले जनताको पक्षमा रहेर काम गर्ने एक मात्र पार्टी नेकपा एमाले भएका कारण अब जनतालाई कोहि कसैले झुककाउन नसक्ने बताउनु भएको थियो ।
अहिले नवलपरासीको निर्वाचन क्षेत्र नं. २ वाट आफु उमेदवार भैरहदा आफुले सो क्षेत्रको भौतिक विकास र समृद्धिका लागि कृषि,पर्यटन र धार्मिक स्थलहरुको समुचित विकास गरेर अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी युवाहरुका लागि प्राविधिक सिमयुक्त शिक्षाको अवसर प्रदान गर्दे स्वरोजगारको बातावरण सृजना गर्न आफु कटिवद्ध भएर लाग्ने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

अर्का प्रदेश सभा सदस्य पदका उमेदवार थान प्रसाद गैरे ले संघ र प्रदेशको निर्वाचनमा मन र अत्यधिक मत दिएर नेकपा एमालेलाई बिजयी बनाउनेमा पूर्ण बिश्वस्त रहेको बताउनुभएको थियो। उहांले जनताका कामहमा आफु लामो समय देखि निरन्तर लागेको र समाजका हरेक समस्याहरु समाधान गर्ने काममा कटीवद्ध रहेका कारण पनि यस पटक जनताले आफुलाई विजयी बनाउने छन भन्नेमा आफु ढुक्क रहेको बताउनु भएको थियो ।
चुनावी घरैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार खिमलाल पोखरेल लगाएले सुनवलमा घरदैलो अभियानमा तिब्रता दिएका छन् ।

Leave A Reply

Your email address will not be published.