Jilla Ban Notis

भौतिक पूर्वाधार तर्फ बर्दघाट नगरका सामुदायिक विद्यालयहरुको क्रमिक सुधार ।

0 67

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१६
नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई संघियताले केहि परिर्वतन ल्याउन सफल भएको पाईएको छ । जनप्रतिनिधिहरु आएसंगै बर्दघाट नगरका सामुदायिक विद्यालयका भौतीक संरचनाहरु निमार्णमा सहजता आएको पाईएको छ ।

बर्दघाट नगरपालिकाको वडा नं. १० मा रहेको ज्ञान ज्योती माविमा पनि त्यसको प्रभाव परेको अनुगमनका क्रममा पाईएको छ । बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्र प्रकाश उपाध्याय,सदस्य मञ्जु चालीसे ,वडाध्यक्ष राजु मिश्र र पत्रकार सहितको टोलीले उक्त विद्यालयको अनुगमन गर्ने क्रममा पहिले भन्दा भौतिक संरचनाहरुको सुधार भएको पाएको थियो ।

अनुगमनकै क्रममा नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले विद्यालयको भौतिक संरचनाले मात्र विद्यालयको प्रगति भएको मान्न नसहिने भएको हुदां बिद्यार्थीहरुको पढाई र सिकाईमा कत्तिको गुणस्तरीयता ल्यउन सकियो त्यो मुख्य कुरा हो त्यसमा ध्यान दिन प्रद्यानाध्यापक सरस्वती श्रेष्ठलाई आग्रह गर्नु भएको थियो ।
त्यसैगरी उहांले शिक्षकहरु समयमा आउने र जाने देखि के कसरी पढाउने गरेका छन त्यस प्रतिपनि चाँसो ब्यक्त गर्नु भएको थियो । त्यसैगरी कोही कसैको ब्यक्तिवादी चिन्तनले बिद्यार्थीहरुको भविष्यमा कुनै असर नपर्ने गरी सरल र सहज तरीकाले बिद्यार्थीहरुलाई पढ्ने वातावरण सृजना गर्न वडाध्यक्षलाई आग्रह समेत गर्नु भएको थियो ।

अनुगमनका क्रममा विद्यालयका कक्षा कोठाहरु,चर्पी ,पुस्तकालय अवलोकन गर्नुका साथै र बिद्यार्थीहरुसंग समेत पढाई र सिकाईका वारेमा बुझने कार्य भएको थियो ।

त्यसैगरी
अनुगमनकै क्रममा बर्दघाट नगरपालिकाद्धारा निमार्ण गरीएको बर्दघाट वडा नम्वर १० को ज्ञानज्योती विद्यालय अगाडिको सडक कालोपत्रेको समेत अनुगमन गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.