Jilla Ban Notis

भैरवी कृषि सहकारीको साधारणसभा सम्पन्न ।

0 30

परासी, मंसिर–२०
सुनवल–१३ बडेरामा रहेको भैरवी कृषि सहकारी संस्था लिमिटेड बडेरा,नवलपरासीको सातौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्गानारायण सुवेदीको अध्यक्षता र जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था सुनवल विशासयका अध्यक्ष थानप्रसाद गैरेको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि गैरेले सहकारीले सदस्यको हितमा आयआर्जन हुने गरी लगानी गर्नुपर्ने र त्यसले मात्रै समृद्धि प्राप्त हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गानारायण सुवेदीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामकान्त अर्यालले आर्थिक प्रतिवेदन, सचिव खनानलले योजना र कार्यक्रम तथा लेखा समितिबाट यमबहादुर मल्लले लेखापरिक्षण प्रतिवेदन पेश गर्नुभएको थियो ।

कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष नरिश्वर पराजुली, उपाध्यक्ष टिकाराम पाण्डे,सचिव सोमन्त खनाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । २ सय शेयर सदस्य रहेका सो सहकारीमा तीन करोड ३७ लाख रुपैँया कारोबार गरी ११ लाख ३९ हजार नाफा आर्जन गरेको संस्थाका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.