Jilla Ban Notis

भुमहिमा कपडा बैंकको शुभारम्भ ।

0 37

निशान परियार

,माघ २५
भुमहीमा राईजिङ स्टार कपडा बैंक शुभारम्भ भएको छ। राईजिङ स्टार सामुदायिक बिकास प्रतिस्ठान सुनवल १२ भुमहिले आफ्नै भवनमा कपडा बैंक शुभारम्भ गरेको हो । सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापाले आज एक कार्यक्रमका बिच उक्त कपडा बैंकको उद्घाटन गर्नुभएको छ । कपडा बैकको उद्घाटन गर्दै नगर प्रमुख थापाले कपडा बैंक स्थापना गर्नुको उदेश्य पूरा गर्न सबैले सकारात्मक सोच धारण गर्नुपर्ने कुरामा जोड दिनुभयो । यसैगरि नगर प्रमुख थापाले कपडा बैंक शुभारम्भ गरिएकोमा खुसी समेत व्यक्त गर्नुभयो ।  प्रतिस्ठानका अध्यक्ष प्रकाश पङ्गेनिको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सुनवल नगरपालिका उपप्रमुख दधिराम अर्याल, अतिथिहरु सुनवल नगरपालिका प्रबक्ता एवं वडा नं १३का वडाध्यक्ष कृष्ण प्रसाद देबकोटा, कार्यपालिका सदस्य अर्जुन सुनार , जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक दिनेश बस्याल, जगन्नाथ मा.बिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राम बहादुर क्षेत्री लगायत समाजसेबि, बुद्धिजीवी ब्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बलराम चापागाईंको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन भने प्रतिष्ठानकै महासचिव माधब पाण्डे गर्नुभएको थियो ।
सुनवल नगरपालिका क्षेत्र भित्र पर्ने अति विपन्न , पिछडिएका गरिब वर्गका लागि सहज रुपमा जिविकोपर्जन गर्न सहज होस भन्ने अभिप्रायले राईजिङ स्टार कपडा बैंकको अभियान शुरु गरिएको प्रतिस्ठानका अध्यक्ष प्रकाश पङ्गेनिले जानकारी दिनुभयो । यो अभियानमा आफ्ना नयाँ पुराना तर लगाउन योग्य कपडा दान गर्न सकिनु का साथै गरिब तथा आवस्यक परेका ब्यक्तिले बिना शुल्क उक्त कपडा बैंकबाट सित्तैमा कपडा लैजान सक्ने प्रतिष्ठानले जनाएको छ । स्मरण रहोस् बिदेशमा यस्ता कपडा बैंक प्रचलनमा रहे पनि नेपालका लागि भने यो नौलो बिषय मानिन्छ । यस्तो अभियानले समाजबाट सकारात्मक प्रतिक्रिया त पाउला तर कपडा बैंक जम्मा हुने कपडा ब्यवस्थापन चुनौतीपूर्ण हुन सक्छ ।

Leave A Reply

Your email address will not be published.