Jilla Ban Notis

भुजहवामा ताजिया मेला शुरु ,गाउँपालिकाका अध्यक्ष चौधरीद्धारा मेला अवलोकन ।

0 47

कृष्ण ढकाल
बर्दघाट,साउन–२४
इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम ९दाहा० पर्वको अवसर पारेर पश्मि नवलपरासी जिल्लाको सरावल–७ भुजहवामा ताजिया मेला शुरु भएको छ । मेलाको अवलोकन गर्दे सरावल गाउपालिकाका अध्यक्ष सुखाडी चौधरीले परम्परागत कला,संस्कृति संरक्षण गर्नमा सहयोग पुग्ने ताउनु भएको थियो । उहांले नयां पुस्ताहरुको जानकारीका लागि र मनोरञ्जनका लागि ताजीया मेला निक्कै महत्वपूर्ण रहेको बताउनु भयो।
अहिले सरावलमा लागेको ताजीया मेला हिन्दु र मुस्लिमको आपसी सदभाव कायम राख्ने कार्यमा समेत मोहरम पर्वले निक्कै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको थियो ।
त्यस्तै
सरावल –७ भुजहवामा हरे्क वर्ष लाग्ने ताजीया मेलालाई यसवर्ष पनि अवलोकन गर्न गाउपालिका अध्यक्षसंगै पुर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजन गाउँपालिका उपाध्यक्ष बासमति हरिजन ,सरावल गाउँपालिका वडा नं ६ का अध्यक्ष सुरेश प्रसाद यादव लगायतको टोली गएको थियो ।

इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ । इराकको करवलामा भएको धार्मिक युद्धमा इस्लाम धर्मावलम्बी इस्लाम धर्मका प्रवर्तक मोहम्मद साहेबको नाति हजरत इमाम हुसेनलगायत ७२ जनाले शहादत प्राप्त गरेको सम्झनामा मनाइने यो पर्वमा गरिबलाई खिचडी, फलफूल, विभिन्न प्रकारको मिठाई र कपडा दान गर्ने चलनसमेत रहेको स्थानिय अग्रज मुस्लिम अगुवाहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.