Jilla Ban Notis

भाषा–साहित्य विभागको पहिलो बैठकले गर्यो वार्षिक योजना सहितको निर्णय ।

0 121

कृष्ण ढकाल
बर्दघाट,माघ–४
बर्दघाट प्रज्ञा प्रतिष्ठान अन्तरगतको भाषा–साहित्य विभागको पहिलो बैठक आज बिभागका संयोजक हुमानाथ आचार्यको अध्यक्षता र प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको छ ।

विभागको पहिलो बैठकले बर्दघाट नगरका छ स्थानमा सबै वडाहरुलाई समेट्नेगरी घुम्टी साहित्यक कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । जस्मा वडा नं. १,५,६ र ७ को जिमिरेभारमा,वडा नं.१४,१५ र १६ को गंगावस्ती, वडा नं.८,९,१० र ११ को पञ्चनगर,१वडा नं. २ र १३ को भटौली र वडा नं. ४ को बर्दघाटमा घुम्टी साहित्यक कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी यस आर्थीक बर्ष २०७९/०८० मा काब्य( गित,गजल,कविता) विद्याको प्रशिक्षण,विद्या प्रविद्यागत प्रशिक्षण,आख्यान्न प्रशिक्षण र निवन्ध समालोचना प्रशिक्षण गरी चारवटा विद्याको प्रशिक्षण संचालन गर्ने वार्षीक कार्ययोजनालाई पास गर्दै त्यसका लागि प्रस्तावना लेखनका लागि विभाग संयोजक सहित प्रज्ञा परिषद् सदस्य कुस्माकर ढकाल र शेषकान्त पौडेललाई जिम्ेवारी दिने निर्णय विभागको पहिलो बैठकले गरेको छ ।
त्यस्तै बर्दघाटका अग्रज रचनाकार बाबुराम मुसाफिरका रचनाहरुको संगालोलाई कृतिाका रुपमा प्रकाशन गरीदिन प्रज्ञा परिषद्मा सिफारीस गर्नेगरी निर्णय गरेको भाषा–साहित्य विभागका संयोजक हुमानाथ आचार्यले बताउनु भएको छ ।

बर्दघाट प्रज्ञा प्रतिष्ठान अन्तरगत रहेर कला विभाग, संस्कृति विभाग र संगित विभाग गरी चार बिभाग रहेको छ । यस अघि हिजो मात्र संगित बिभागले पनि आफ्नो पहिलो बैठक सम्पन्न गरीसकेको छ ।

Leave A Reply

Your email address will not be published.